
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पद तथा गोपनीयताको शपथ ग्रहण छन।

धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा आज एक समारोहका बीच प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मुख्यमन्त्री रावललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन ।

उनी पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन । यसैगरी नवनियुक्त दुई जना विना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन। । प्रदेश प्रमुख देवराज जोशीसमक्ष नवनियुक्त मन्त्री द्वय नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट र नेकपा एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले पद तथा गोपननीयताको शपथ लिएका हुन ।

सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको सत्ता गठबन्धन रहेको छ ।



