उपसभामुखमा मुक्ताकुमारी यादवलाई मतदान गर्न कांग्रेसको ‘ह्विप’

 

 

काठमाण्डाै – नेपाली कांग्रेसले उपसभामुखका लागि आफ्नो उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न पार्टीका सांसदलाई ह्विप जारी गरेको छ ।

भाेलि शनिवार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नेपालको संविधानको धारा ९१ एवम् प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम उपसभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले त्यस बैठकमा कांग्रेसका सांसदलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न आज ह्विप जारी गर्नुभएको हो ।

साथै उहाँले इन्दिरा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदानसमेत गर्न ह्विप जारी गर्नुभएको छ ।-उज्यालो