नवनिर्वाचित उपसभामुखद्वारा शपथ ग्रहण

 

 

 

काठमाडौं । नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेले उपसभामुख रानालाई शपथ खुवाउनुभएको हो ।

गत शनिबार सत्ता गठबन्धनको सहयोगमा राना उपसभामुखमा निर्वाचित हुनुभएको थियो । उपसभामुखमा निर्वाचित भएसँगै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको घोषणा गरिसक्नुभएको छ ।