अर्घाखाँची महोत्सव : गायक बद्री पंगेनीले टोपबहादुर लाई प्रश्न गरे  “युवायुवतीहरुलाई स्वदेशमा रोजगारी कहिले दिन्छौं  ?  ” 

 

-हरि कुँवर / प्रेम नारायण आचार्य ,अर्घाखाची ।

अर्घाखाँची। चर्चित लोकप्रिय गायक बद्री पंगेनीले नेता टोपबहादुर लाई प्रश्न गर्दै भनेका छ्न । “युवायुवतीहरु लाई स्वदेशमा रोजगारी कहिले दिन्छौं ? गोरु सिङ्गे देखि सन्धिखर्क सम्म सजिलो संग कहिले आइन्छ? ” बाध्य भइयो परदेशमा छिर्न । मैले पढ्दा लाएको ऋण तिर्न । आमा बिदा पाउँदिन अहिलेको साल पनि घरमा आउँदिन ।

जनगायक बद्री पंगेनी गाएसँगै मेला अर्घाखाँची महोत्सव हेर्न आएका दर्शक भाव विह्वल भए । बूढा आमाबुबाले आफ्ना छोराछोरी सम्झिए ।

विदेशमा श्रीमान् भएका श्रीमतीले आफ्ना श्रीमान् सम्झिए । दिदीहरुले विदेशमा गएका भाइ सम्झिए । बहिनीहरुले दाई सम्झिए । अर्घाखाँची सन्धिखर्कमा जारी पाँचौँ अर्घाखाँची महोत्सव हेर्न आएका अधिकांश मानिसका आँखा रसाए । आँसु थामिएन । धेरैले मोबाइल र क्यामेराले फोटो तथा भिडियो खिच्न थाले । अर्घाखाँचीको सन्धिखर्कमा भइरहेको अर्घाखाँची महोत्सवमा पंगेनीले गीत गाउँदै दर्शकसम्म पुग्दा धरै आमा रोए । यो गीत गाइसकेपछि पंगेनीले सबैलाई सम्झाउँदै भने –अहिलेको यथार्थ हो । युवा विदेशको खाडीमा छन् । समयमा छुट्टी पाउँदैनन् ।

No description available.

नेता टोपबहादुर रायमाझीको नाम लिदै हाम्रो देशमा रोजगार छैन् जुन सराकार आए पनि विदेशमा गएका युवालाई स्वदेशमा फर्काउने खालका कार्यक्रम नल्याएकोलगायतका कुरा गरी गुनासो पोखे । पंगेनीले जब अझै लोकतन्त्र आएको छैन है । जनताले चाहे जस्तो भाको छैन है भनेर गीत पनि गाए । गोरुसिङ्गे सन्धिखर्क सडक जीर्ण भएकाले बाटो बनाउनसमेत नेताहरुलाई आग्रह गरे । जनतालाई साँझ बिहान पेटभरि खान छैन भनेर गीत गाए सबै दर्शकले ताली बजाएर हात हल्लाउन थाले ।

No description available.

सबैले हो यही नै छ हाम्रो अवस्था भनेर सङ्केत पनि गरे । अर्घाखाँचीबाट झण्डै ४५ हजार युवा तथा युवती भारत, कतार मलेसिया, साउदी अरब, दुबईलगायत देश गएका छन् । गाउँका अधिकांश बारी तथा खेत बाँझै छन् ।

सबै घरमा वृद्धवृद्धा मात्र छन् । अधिकांश श्रीमान् रोजगारीका लागि विदेश र श्रीमती छोराछोरी पढाउन भनेर सहर झरेका छन् । गाउँका घर अहिले वृद्धाश्रममा परिणत भएका छन् । तर पनि गाउँका बाँझा जमिन जोत्ने र उत्पादन बढाउने खालका योजना स्थानीय सरकारले प्रभावकारीरुपमा सञ्चालन गर्न सकेका छैनन् । उनले मेला हो । नाच्नुपर्छ गाउनुपर्छ रमाइलो गरौँ भनेपछि ससुरालीमा, पञ्चेबाजाको टाइकुटी टाइ, चप्पल छिन्योलगायतका गीत गाए ।

No description available.

अर्घाखाँचीसहित छिमेकी जिल्ला गुल्मी, प्यूठान, कपिलवस्तु र पाल्पाबाट मेला हेर्न आएका हजारौँ दर्शकलाई बद्रीले गीत गाएर छमछमी नचाए । सबै धित मारेर नाचे । जिल्लामा रहेका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गरी संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गरिएको महोत्सवमा कलाकार सपना गाहा, विजय सोनाम, राजन अधिकारी, दिपु मगर लगायतले आआफ्नो प्रस्तुति दिएका थिए ।

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले माघ ११ गतेदेखि २४ सम्म अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला सुरु भएको छ । अर्घाखाँचीलाई व्यावसायिक पर्यटकीय हिसाबले देशविदेशमा चिनाउन, जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित वस्तुको प्रवद्र्धन गर्नका लागि महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप मिश्रले बताउनुभयो । चौध दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र पाँच करोडको कारोबार हुने अपेक्षा रहेको अध्यक्ष मिश्रको भनाइ छ ।

No description available.

सन्धिखर्कको कुँडुले फाँटमा ‘कृषि, पर्यटन, उद्योग र व्यापार समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने नाराका साथ महोत्सव सञ्चालन भएको महोत्सवमा जिल्लामा भएका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्न तथा स्थानीयस्तरमा उत्पादन हुने सुन्तला, कफी तथा अन्य उत्पादित वस्तुको प्रचारप्रसार गरी पर्यटन भित्र्याउन तथा जिल्लालाई चिनाउनका लागि महोत्सवले भूमिका खेल्ने उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष काजी श्रेष्ठको भनाइ छ ।

No description available.

उत्पादित वस्तुको प्रवद्र्धन, गर्न र पर्यटकीय क्षेत्रको प्रचार गर्न महोत्सवले भूमिका खेल्ने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । कृषि, पर्यटन, उद्योग ,स्वास्थ्य, शिक्षा र व्यापार तर्फ ध्यानाकर्षण भएन भने यसले आर्थिक महामारीको रुपलिनेमा दुइमत छैन ।