कांग्रेससँगै एकीकृत समाजवादी पनि सत्तामा, देउवाका भतिजा बने सुदूरपश्चिममा मन्त्री

 

 

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले दुई मन्त्री नियुक्त गरेका छन्। उनले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट एक/एक मन्त्री नियुक्त गरेका हुन।

कांग्रेसका सांसद प्रकाश देउवालाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनी कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा हुन्।

यसपटकको चुनावमा प्रतिस्पर्धा गर्नु अघि उनी देउवा पत्नी डा. आरजु राणाका स्वकीय सचिव थिए। उनी कैलाली क्षेत्र नं ५ को प्रदेश सभाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट नरेश शाही आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका छन्। यो सँगै नेकपा एकीकृत समाजवादी पनि सत्ता फर्किएको छ।

वाम लोकतान्त्रिक गठबन्धन छिन्नभिन्न भएपछि कांग्रेससँगै समाजवादी पनि सत्ता बिमुख भएको थियो।

मन्त्रीमा नियुक्त भएकाहरुले मुखयमन्त्री शाहसँगै पद तथा गोपनियताको शपथ लिएका छन्।