
-केशर सुनार/शितगंगा बुलेटिन
प्युठान – बिहिवार ४ गतेदेखि शुरु भएको छ । प्युठान उधोग बाणिज्य संघको मुख्य आयोजनामा सन्चालन गरिएको “कृषि पर्यटन उधोग र ब्यापार : रास्ट्र निर्माणको बलियो आधार भन्ने मुल नाराका साथ सन्चालन गरिएको महोत्सवको समृद्घाटन लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री लिला गिरीले गर्नुभएको हो । महोत्सव उद्घाटन गर्दै प्रमुख अतिथी गिरीले प्रदेशकै प्रमुख गौरबको रुपमा रहेको नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । साथै बाग्दुला -भिमगिठे सडक निर्माण बिस्तार प्रक्रियामा लैजान पहल थाल्ने बताउनुभयो ।

मुख्यमन्त्री गिरिले देशमा देखिएको अर्थतन्त्रको समस्या तीन महिनाभित्र समाधान हुने दाबी गर्नुभएको छ । संघ र सरकारले यश बिषयमा नीति बनाउन कृयाशिल रहेको उल्लेख गर्नुभयो । गिरीले किसानको क्रय शक्ति बढाउने गरि प्रदेश सरकार,स्थानिय सरकार र निजि क्षेत्र मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले मुलुक अर्थतन्त्रको आडमा चलेको बताउदै आत्मनिर्भर हुने गरि कृषिको बिकास गर्न प्रदेश सरकारले नीति बनाउन लागेको बताउनुभयो । प्रमुख अतिथी गिरीलाई आयोजकले सात बुदे मागसमेत पेश गरेको छ ।

कार्यक्रममा सम्बोधन गर्दै लुम्विनी प्रदेशका कृषि तथा भुमी व्यवस्था मन्त्री तुलसिराम शर्माले जिल्लाको कला, संस्कृतिको संरक्षण र संवर्द्धनसँगै दिगो विकास र व्यवसायमा यस्ता महोत्सवले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रमुख,सुरक्षा निकायका प्रमुख,प्रदेश सांसद,विभिन्न पार्टीका नेताहरु, जनप्रतिनिधि, पत्रकार एबम व्यवसायीहरुको आतिथ्यता रहेको थियो ।

प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव फागुन ४ गतेदेखि १४ गतेसम्म चल्नेछ। उत्पादन, ब्यापार तथा विभिन्न क्षेत्रका दुई सय ५० स्टल रहेको महोत्सवबाट आठ करोड बराबरको कारोबार हुने र महोत्सवबाट संकलन हुने रकमबाट वाणिज्य सभाहल र पर्दशनि स्थल निर्माण गरिने लक्ष्य राखिएको संघका महासचिव सन्देश आचार्यले जानकारी दिनुभयो ।



