एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

 

काठमाडौं । नेकपा एमालेको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार सुवास नेम्वाङ हुने भएका छन् । शनिबार बिहान बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

आज पार्टी मुख्यालयमा बसेको पार्टी सचिवालय वैठकले नेम्बाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । नेम्वाङले आजै उम्मेदवारी दर्ता गराउने बताइएको छ ।