प्रकाशको नाममा एउटा गजल

No description available.
Hari Kunwar
-हरि कुँवर , अर्घाखाँची ।
नरोउ मेरा ए दुखी आँखा टुटिसकेकाछ्न तिम्रा सपनाहरू ।

यता बनाउदा उता बिग्रने भगवानका नियमहरु ।।

तिमी कति राम्रा थियौं खोट लाउन जानीन महिले ।
अब फुल रोप्दा काँडा हुने बोट लाउदिन महिले । ।

विवशता रहेछ जिन्दगी नचाहेर जिउनुपर्ने ।
दुःख रहेछ जिन्दगी आँसु मात्र पिउनुपर्ने ।।

अनिश्चित रहेछ जिन्दगी क्षणभरमा छुट्नुपर्ने ।
खेलौना रहेछ जिन्दगी थाहै नपाइ टुट्नुपर्ने ।।

आगो रहेछ जिन्दगी भित्र भित्रै जल्नुपर्ने ।
पिडा रहेछ जिन्दगी हरेक दुखाइ सहनु पर्ने ।।

 

No description available.

 

अन्य समाचारहरु