२ महिने सगठन बिस्तार अभियान: नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अर्घाखाँचीको प्रदेश सल्लाहकार , प्रदेश परिषद् सदस्य ,जेष्ठ कम्युनिस्ट मञ्चकाे बैंठक सम्पन्न 

-अनिल नेपाली , अर्घाखाची डट्कम।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अर्घाखाँचीले जिल्ला कार्यालयमा प्रदेश सल्लाहकार , प्रदेश परिषद् सदस्य ,जेष्ठ कम्युनिस्ट मञ्चकाे बैंठक सहिद स्मृति प्रतिष्ठानमा सम्पन्न गरेको छ । बैठकलाई सम्वाेधन गदै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार विक किशोरले जनताको आशा र भरोसाको केन्द्र माओवादी भएकोले माओवादीलाई जनताका साझा समस्याबाट भाग्ने छुट नरहेको बताए ।
जिल्लामा विकास निर्माण सुशासन कायम गरी प्रभाबकारी रूपमा विकासको अनुभति गराउने गरी काम गर्नु सबैकाे दायित्व भएको बताउदै ,आफुहरूले गरेका काम जनताका माझमा लैजानुपर्ने बताउदै पार्टीले सञ्चालन गरेकाे २ महिने सगठन सुध्रिकरण तथा बिस्तार अभियानलाई जनताका माझमा लैजानुपर्ने जनतामाझ माओवादी पार्टीको अबकाे लक्ष्य उद्वेश्यकाे बारेमा जानकारी गराउनुपर्ने बताए ।
कार्यक्रममा बैकल्पिक केन्द्रीय सदस्य छमकुमारी खनाल चिनारीले पार्टीले  सञ्चालन गरेको अभियानलाई सार्थक बनाउनका लागि सबै नेता कार्यकर्ता आफ्नो आफ्नो ठाउँमा खट्नुपर्ने बताईन्।
कार्यक्रममा प्रदेश सचिवालय सदस्य टाेप बहादुर बलालले पार्टीले सञ्चालन गरेको सगठन सुध्रिकरण तथा विस्तार अभियानलाई सबै मिलेर सम्पन्न गर्नुपर्ने बताए ।
कार्यक्रम माओवादी केन्द्रका जिल्ला सयाेजक राजेन्द्र भुसालको अध्यक्षता तथा सञ्चालन सम्पन्न भएको थियोे ।

अन्य समाचारहरु