देवदह मेडिकल कलेजमा कार्यरत महिला राेग बिशेषज्ञ डा. अरूना पोख्रेल फागुन २० गते लुहेस्काेमा आउने

spot_img

 

– अनिल नेपाली ,अर्घाखाँची डट्कम ।

अर्घाखाँची – बिगत एक दर्शक लामाे समयदेखि अर्घाखाँचीकाे सन्धिर्खकमा गुणस्तरीय सर्बशुलभ सेवा प्रदान गदै आएको लुम्बिनी स्वास्थ सेवा सहकारी सस्था लिमिटेड द्वारा सञ्चालित लुहेस्काे लिमिटेडले केही बर्षदेखि प्रत्येक महिना  बिशेषज्ञ सेवासहित सेवाग्राहीलाई सेवा प्रदान गरेको छ ।

No description available.

सस्थाले यस बर्ष पनि सेवाग्राहीलाई सहज र सर्वशुलभ सेवा प्रदान गर्नेकाे लागि देवदह मेडिकल कलेज बुटवलमा कार्यरत महिला राेग बिशेषज्ञ डा अरूना पाेखेललाई यहि मिति २०७९/ ११/ २० गते शनिवार लुहेस्काेमा ल्याई स्वास्थ्य सेवा र सहज तरिकाबाट प्रदान गर्ने भएकोले आफुमा समस्या भएका महिलाहरूले सम्पर्क गर्न सस्थाले आग्रह गरेको छ ।

जिल्लाका नागरिकहरू सामान्य उपचारका लागि बुटवल जानुपर्ने समस्यालाई न्युनिकरण गर्ने गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य सहित सस्थाले प्रत्येक महिना बिशेषज्ञ सेवा प्रदान गर्ने गरेकाे सस्थाका व्यवस्थापक नेत्र प्रसाद पाण्डेले बताउनुभएको छ ।

सस्थाले प्रत्येक शनिबार विभिन्न अस्पतालमा कार्यरत बिशेषज्ञ डाक्टरलाई आफ्नो सस्थामा झिकाई नागरिकलाई सस्तो र सुलभ सेवा प्रदान गदै आएको छ भने अन्य दिनमा आफ्नो भवनबाटै MDGp तथा मेडिकल अधिकृत सहित अत्याधुनिक ल्याब एक्सरे भिडियो एक्सरे फार्मेसी लगायतका सेवा प्रदान गदै आएको छ।

अन्य समाचारहरु