नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीको आयोजनामा  हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

 

 

spot_img

 

-सागर मरासिनी , सन्धिखर्क

 सन्धिखर्क –  नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती महिला बिभाग अर्घाखाँचीद्वारा सन्धिखर्क नगरपालिका स्तरीय आधारभुत तह(६-८)का बिद्यार्थीहरुको पाठ्यक्रममा आधारित हाजिरीजवाफ प्रतियोगिता संचालन गरेको छ।

No description available.

सन्धिखर्क नगरपालिका भित्रका १५ विद्यालयले भाग लिएको उक्त कार्यक्रमको अध्यक्षता महिला बिभाग अध्यक्ष एवम्  ने रा शि सं जिल्ला उपाध्यक्ष सीता बन्जाडे भुसाल, प्रमुख अतिथी ने रा शि सं जिल्ला अध्यक्ष ध्रुवबहादुर खत्री र अन्य अतिथिहरुमा  जिल्ला तथा नगरका पदाधिकारी एवम् सदस्यहरु रहनुभएको थियो ।

No description available.

कार्यक्रमको संचालन ने रा शि सं जिल्ला सदस्य एवम् महिला बिभाग सचिव बिष्णु पन्थी बस्यालले गर्नुभएको हो  । कार्यक्रममा प्रथम : जनताकृष्ण मा बि पकले, द्वितीय :भगवती मा वि शंखेटारी, तृतीय :ज्ञानप्रकाश मा वि सल्लिकोट र सान्त्वना युवावर्ष जनता रविचित्र मा वि हटारी भएका छन् ।

No description available.

बिजयी टोलीलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गर्दै प्रमुख अतिथिले अतिरिक्त क्रियाकलापले बिद्यार्थीको चौतर्फी विकास हुने भएकाले यस्ता कार्यक्रम भैरहनुपर्नेमा जोड दिनुभएको जनक बस्याल ले जानाकारी दिनुभएको छ ।

अन्य समाचारहरु