जेष्ठ नागरिक समाज नेपाल अर्घाखाँचीले ८९ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई गर्‍यो सम्मान

 

spot_img

 

-अर्घाखाची डट्कम सम्बाददाता ।

सन्धिखर्क – फाल्गुन १९ ।  जेष्ठ नागरिक समाज नेपाल जिल्ला समिति अर्घाखाँचीले ८९ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सम्मान  गरेको छ।

No description available.

सम्मान कार्यक्रमको सभापतित्व जिल्ला सभापति गिरिप्रसाद भुसालले  गर्नु भएको थियो भने संचालन जेष्ठ नागरिक समाज जिल्ला सचिव हरिप्रसाद दमासेले गर्नु भएको थियो।

No description available.

कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभाकी सांसद विजुला रायमाझी, प्रजिअ मिना अर्याल,  विशिष्ट अतिथि सन्धिखर्क न .पा का मेयर कृष्णप्रसाद श्रेष्ठ,  जेष्ठ नागरिक जिल्ला उपाध्यक्ष लिलामणि ढुङ्गाना,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायत जेष्ठनागरिकहरुको  उपस्थिती रहेको थियो।

No description available.

कार्यक्रममा १९ जना जेष्ठ नागरिकहरुलाई रु १ हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

No description available.

कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभाकी सांसद विजुला रायमाझीले जेष्ठ नागरिक भनेका हाम्रा सम्मानित व्यक्तिहरू भएकोले , जेष्ठ नागरिकलाई सधै सम्मान गर्नुपर्ने बताउनु भयो। सरकारले जेष्ठ नागरिकको बारेमा कानुन बनाएको र  त्यो कानुनले सम्मान गर्ने बताउदै यो उमेरसम्म बाँच्नुहुने बुवाआमाहरुको दिर्घायुक‍ो कामना सहित  सम्मान प्रकट गर्नुभएको थियो ।

अन्य समाचारहरु