पाल्पामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु

प्रतिकात्मक तस्बिर

 

पाल्पा -पाल्पामा टिपर दुर्घटना हुँदा  एकजनाको  मृत्यु  भएको  छ।  जिल्लाको माथागढी गाउँपालिका ६  चिल्लेपानीस्थित झडेवा  रहबास  भित्री   कच्ची  सडकमा  आज बिहान पौने ७ बजे लु २  ख  ११९६  नम्बरको टिपर खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा टिपर चालक रुपन्देही तिलोत्तमा  नगरपालिका ११  गणेशपुरका  ४०  वर्षीय  विष्णु  गुरुङको  मृत्यु   भएको  जिल्लाा प्रहरी कार्यालय पाल्पाले जनाएको छ। टिपरमा सवार माथागढी ७ का ५० वर्षीय हुमबहादुर परियार घाइते भएका छन्।

टिपर सडकदेखि  करिब  ४० मिटर   तल  खसेको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।

अन्य समाचारहरु