अर्घाखाँची टी-२० क्रिकेटको उपाधी डिभर्नाले जित्यो (तस्बिर सहित)

-हरि कुँवर , अर्घाखाँची ।

 अर्घाखाँची । चौथो अर्घाखाँची प्रीमियर लिग टि-२० क्रिकेट प्रतियोगिताको उपाधी इलाभेन ब्रदर्श डिभर्नाले जितेको छ ।

No description available.

अर्घाखाँची क्रिकेट संघको आयोजना चौथो अर्घाखाँची प्रीमियर लिग टि-२० क्रिकेट प्रतियोगिता सन्धिखर्कमा मंगलबार सम्पन्न गरेको हो ।

No description available.

आठौं दिन राेयल सन्धिखर्क लाई ८७ रनले पराजित गर्दै इलाभेन ब्रदर्श डिभर्ना १२१ रन लिएर प्रथम भएको हो । क्रिकेट प्रतियोगितामा पुष्प वारीयर्स टिमका खेलाडी सागर चौहान १४७ रन लिएर बेस्ट ब्याटमेन भएका हुन । यस्तै रोयल सन्धिखर्क टिमका विजय भट्टराई १४ विकेट लिएर बेस्ट बलर भएका थिए । चार टिम मध्य प्रथम इलाभेन ब्रदर्श डिभर्ना र दोस्रो रोयल सन्धिखर्क टिम भएको हो ।

No description available.

अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषि भट्टराईले जिल्ला देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनको लागि ए पि एल अर्घाखाँचीले महत्वपूर्ण भूमिका खेलेको बताउदै खेलाडी तथा सहयोगी दाताहरु लाई बधाई एवम् विशेष धन्यवाद समेत व्यक्त गरेका थिए ।

No description available.

images

समापन तथा सम्मान कार्यक्रममा यु-१९ राष्ट्रिय खेलाडी उत्तम थापा मगरलाई स्वागत तथा सम्मान गर्यो , टिम क्याप्टेन , एम्पायर , खेलाडी, पत्रकार र सहयोगी दाता लगायतहरु लाई जिल्ला समन्वय समिति (जिसस)का प्रमुख जीवनारायण कोइराला अर्घाखाँची क्रीकेट संघका अध्यक्ष ऋषि भट्टराई जिल्लाका सुरक्षा निकायका प्रमुखले टीका लगाइ ट्रफी मेडल ,प्रमाणपत्र तथा सम्मान पत्र वितरण गरेका हुन ।

थप तस्बिर :

images

No description available.

No description available.

images

No description available.

No description available.

No description available.

No description available.

Nepal life insurance