

– अर्घाखाँची डट्कम सम्बाददाता ।
सन्धिखर्क ,अर्घाखाँची । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिले एमालेको जस्तो नीति अरु कसैको नभएको दावी गरेका छन ।

अर्घाखाँचीमा भएको कार्यकर्ता प्रशिक्षणमा उनले यस्तो बताएका हुन । नेता ओलिले एमालेको बढ्दो लोकप्रियता र जनलहरलाई रोक्न प्रतिक्रियावादीले भूमिका खेल्नसक्ने भन्दै त्यसतर्फ सचेत रहन पनि ओलीले कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।

ओलीले भने, ‘अब एमाले बहुमतका साथ उदाउँछ ,अनि सरकार बनाएर देशको विकास गर्छ । एमालेसँग नीति, भिजन, मिसन, अठोट, संकल्प र देशको माया छ ,त्यो अरुमा छैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई अहिले चारैतिरबाट घेराबन्दी भएको पनि बताएका छन् ।

एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले अहिले सबैले घेराबन्दी गरेको उनले बताए ।अध्यक्ष ओलीले हरेक वडा, हरेक पालिका हरेक प्रदेश र सङ्घका सबै निर्वाचनमा ५१ प्रतिशत बढी ल्याउने गरी एमाले सङ्गठन निर्माणमा लागेको जानकारी दिए ।

कार्यकर्ता सम्बोधन गर्दै ओलिले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने पनि बताएका छन्।

अध्यक्ष ओलीले भने ‘बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले हैन भनेर जाने हुन्छ’ एमाले नेता तथा कार्यकर्ता बोली वचनबाट छुट्टिनु पर्ने उनको भनाइ थियोे ।
थप तस्बिर सहित :





















जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीद्वारा जनहितमा जारी सन्देश !






