नेपालबाट संघियता नहटे देश थप संकटमा फस्नेछः अध्यक्ष के.सी.( तस्बिर सहित )

-गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची।
अर्घाखाँची – राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन के.सी.ले नेपालबाट संघियता नहटे देश थप संकटमा फस्ने बताउनुभएको छ । चरम भ्रष्टाचार,कालोबजारी र बेथितिले अर्थतन्त्रलाई अप्ठ्यारोमा लगिरहेको अवस्थामा संघियताले थोपारेको खर्चभार मुलुकले थेग्न नसक्ने उहाँको जिकिर छ ।
May be an image of 10 people, people standing and outdoors
राष्ट्रिय जनमोर्चाको केन्द्रिय कार्यक्रम अनुसार आज उक्त पार्टीले सन्धिखर्कमा आयोजना गरेको संघियता बिरुद्धको बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष के.सी.ले यस्तो बताउनुभएको हो । मुलुकमा भारतीय साम्राज्यवादसँगै अमेरिकी साम्राज्यवादको चलखेल बढेको बताउँदै उहाँले राष्ट्रियता पनि कमजोर बन्दै गएको बताउनुभएको छ ।
May be an image of 5 people, people standing and outdoors
नेपालका सत्ताधारीहरू भारतको मात्र नभइ अमेरिकी साम्राज्यवादका सामु समेत लम्पसार पर्न थालेको अध्यक्ष के.सी.ले गम्भिर आरोप लगाउनुभएको छ ।
May be an image of 10 people, people standing and outdoors
नेपालमाथि निरन्तर हस्तक्षेप गर्दै आएको भारतसंगै एमसिसी र एसपिपी लिएर अमेरिका आएको भन्दै अध्यक्ष के.सी.ले सबैखाले बैदेशिक हस्तक्षेपका बिरुद्ध एक हुन आम जनतालाई अपिल गर्नुभएको छ ।
May be an image of 10 people, people standing and outdoors
राष्ट्रिय जनमोर्चाका निर्वतमान सन्धिखर्क नगर अध्यक्ष कमल प्रसाद घिमिरेको संचलनमा सम्पन्न बिरोधसभामा राजमो लुम्बिनी प्रदेश सल्लाहकार शेरबहादुर वि.सी.सहितका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
थप तस्बिर :
May be an image of 5 people, people standing and outdoors
May be an image of 10 people, people standing and outdoors
May be an image of 9 people, people standing and outdoors

अन्य समाचारहरु