उपनिर्वाचन : बारा-२ मा उपेन्द्र यादवले गरे मनोनयन दर्ता

काठमाडौं। प्रतिनिधिसभा सदस्य चयनका लागि हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ।

बारा-२, चितवन-२ र तनहुँ-१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो।

जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको हो। बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गरेका छन्।

उपनिर्वाचन : बारा-२ मा उपेन्द्र यादवले गरे मनोनयन दर्ता

कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्। सत्तारुढ गठबन्धनको समर्थनमा उनले मनोनयन दर्ता गरेका हुन्।

गत मंसिरमा भएको निर्वाचनजमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका उनी अहिले बारा-२मा उम्मेदवारी दिएका हुन्।

बारा-२ मा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेलले उम्मेदवारी दिएका छन्।