६६औ सहकारी दिवस : डोलेश्बर सहकारीले मनायो सरसफाई कार्यक्रम गरेर सहकारी दिवस

-अनिल नेपाली,अर्घाखाँची ।

अर्घाखाँची ,२० चैत ।अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका पर्छ जहाँ बाक्लो बस्ती छ ,जहाँ पढेलेखेका सरकारी कार्यालयमा कार्यरत कर्मचारी देखि सामान्य मानिसको बसोबास रहेको छ ।

No description available.

जहाँ व्यापारीक अन्य संघ सस्थाको हिसाबले विशेष महत्व राख्दछ ,जहाँ नगन्य संख्यामा सहकारी रहेका छन् । जसमध्येको एउटा सहकारी हो डोलेश्वर बहुउदेश्य सहकारी सस्था लि जसले आज ६६ औ राष्ट्रिय सहकारी दिबस बेग्लै पहिचान सहित बनाएको छ ।

No description available.

दर्जनौ सङख्याको भिडमा रहेका सहकारीले आज विभिन्न कार्यक्रम सहित सहकारी दिबस मनाएको अबस्थामा डोलेश्वर बहुउद्देश्य सहकारी सस्था लि सरसफाई गरेर ६६औँ सहकारी दिवस मनाएको छ।

No description available.

दिवसको अवसरमा सन्धिखर्क नगरपालिकाको घोचेखोलामा सरसफाई गरेको छ । सोमबार सहकारीका अध्यक्ष मोेतीराज खनाल कार्यकारी प्रमुख दिपक खनालको नेतृत्वमा कार्य समिति सदस्य ,शेयर सदस्य र कर्मचारीहरुको सहभागीतामा घोचेखोला ,भद्रीखोलाको खोला सरसफाई गरिएको छ । खोलामा भएका प्लाष्टिक जन्य फोहोरहरु संकलन गरी व्यवस्थापन गरिएको छ ।

No description available.

आफ्नो वरपरको वातावरण आफै सफा र स्वच्छ राखौ भन्ने अभिप्रायले सरसफाई कार्यक्रम गरिएको सहकारी अध्यक्ष मोतीराज शर्माले बताए । बृहत् खोला नाला सरसफाई कार्यक्रमले बाताबरणमा स्वच्छता सगै नागरिकमा समेत निरोगीताको बाताबरण सिर्जना गरी रोगमुक्त हुने भएकोले सहकारीले बेग्लै पहिचान सहित मनाएको सहकारीका कार्यकारी प्रमुख दिपक केसीले बताए ।

No description available.

सहकारीले गरेको अभियान ज्यादै महत्वपुर्ण र विशेष महत्व राख्ने भएकोले यस्तो अभियानलाई अन्य सहकारी संघ सस्थाले यस अभियानको सिको गर्न आबश्यक रहेको वडा न २ का अध्यक्ष माेतीजग रायमाझीले बताए ।

सहकारीले विगत ८ महिना अघि जिल्लाका स्थापना भएपनि अन्य सहकारीले भन्दा बेग्लै पहिचान बनाउदै आएको छ ।