अर्घाखाँची: अर्घाखाँची जिल्ला अस्पतालमा थप ३ सेबा बिस्तार ,अब आँखाको उपचार पनी हुने । (तस्बिर सहित)

-अशोक चौहान, केशब पन्थी /अनिल नेपाली , अर्घाखाची ।

सन्धिखर्क -अर्घाखाँची अस्पतालले एकीकृत स्वास्थ सेवा अन्तरगत थप तीन सेवाको शुभारम्भ  गरेको छ । अस्पतालले मंगलबारदेखि आँखा बहिरङ्ग (EVE OPD) सेवा, सवबहान सेवा तथा सिघ्र कुपोषणको एकीकृत व्यवस्थापनको लागि बहिरङ्ग उपचार केन्द्रको शुभारम्भ गरेको हो।

अर्घाखाँची अस्पताल सन्धिखर्कमा एक कार्यक्रमका बीच नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले आँखा बहिरङ्ग (EYE OPD ) सेवा, बहिरङ्ग उपचार केन्द्र साथै ,सन्धिखर्क नगरपालिका द्वारा सव बाहनको साचो हस्तान्तरण गर्दै ३ वटा सेवाको एक साथ उद्घाटन गर्नु भएको छ ।

May be an image of 3 people, people standing and outdoors

कार्यक्रममा अस्पताल बिकास समितिका अध्यक्ष,श्रीकृष्ण भुसाल,प्रमुख जिल्ला अधिकारी,मिना अर्याल, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत,खुमलाल

May be an image of 4 people, people standing and outdoors

भुसाल अस्पताल प्रमुख,डाक्टर जगनाथ तिवारी, सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली ,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, अस्पताल समिति सदस्य मेनुका बन्जाडे लगायत को उपस्थिती रहेको थियो ।

May be an image of 5 people and people sitting

कार्यक्रममा बोल्ने अधिकान्श  बक्ताहरुले अस्पतालको सेवा सुबिधा ,सेवा प्रबाह, छिटोछरितो, सहज , चुस्तदुरुस्त हुनुको साथै गुणस्तरीय र भरपर्दो र झन्झट मुक्त हुनु पर्नेमा जोड दिएका थिए।

May be an image of 4 people, people standing and indoor

कार्यक्रम अस्पताल बिकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्ष्ाता ,अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा: जगन्नाथ तिवारीकाे स्वागत मन्तब्य तथा अस्पताल ब्यबस्थापक शिव बन्जाडेकाे संचालमा सम्पन्न भएको छ।

थप तस्बिर :

May be an image of 8 people and people sitting

May be an image of 5 people and people standing

May be an image of 5 people, people sitting and people standing

May be an image of 2 people and people standing

May be an image of 5 people and people standing

May be an image of 8 people, people sitting and people standing

No photo description available.

अन्य समाचारहरु