उपनिर्वाचन: उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित हुने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाका तीन वटा क्षेत्रमा हुने उपनिर्वाचनका लागि बुधबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ ।

गत सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारहरु विरुद्ध परेका उजुरीहरुको छानबिन गरी आयोगले बुधबार अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको हो ।

Election Commission Nepal Call Application for Observation of Local Level  Election 2079 | Collegenp

तनहुँ–१, चितवन–२ र बारा–२ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि ६९ जनाले मनोनयन दर्ता गराएका छन् ।

आयोगले उम्मदेवारहरु विरुद्ध उजुरी दिन मंगलबारको दिन तोकेको थियो । आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिनुभएका रवि लामिछाने विरुद्ध सबैभन्दा बढी उजुरी परेको बुझिएको छ ।