

-अर्घाखाची डट्कम ।
अर्घाखाँचीमा लगातार ४ पटक निर्वाचन बाजि मारेका टोपबहादुर रायमाझीका बाबू छोरानै मुछिएका छन । अमेरिका लैजाने प्रलोभनमा नेपालीहरुलाई भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाइ दिएर १० देखि ५० लाख सम्म असुली गर्ने गिरोहलाइ आर्थिक लेनदेनमा राजनितिक संरक्षण र सहयोग गरेको आरोप रायमाझीलाई लागेको हो ।

आजको कान्तिपुरमा उल्लेखित समाचार अनुसार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई समेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको छ ।
![]()
तस्बिर -कान्तिपुरबाट
गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ । धेरैजसो भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गरिए पनि केही शरणार्थी अझै अलपत्र छन् ।

छुटेका शरणार्थीको समस्या स्थायी रूपमा समाधान गर्न केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २९ असार २०७६ मा कार्यदल गठन गरेको थियो ।

गृहका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले काम गरिरहेकै बखत राजनीतिक संरक्षण प्राप्त गिरोहले नक्कली शरणार्थीको सूची संकलन गरेको पुष्टि भएको छ । रायमाझिले अर्घाखाँचीका युवाहरुलाइ पनि ठगी गरेको समाचारमा खुल्न आएको छ ।

तस्बिर -कान्तिपुरबाट
अर्घाखाँचीमा २०६४ देखिको निर्वाचन लगातार बाजि मारेका टोपबहादुरको बिषयमा यो समाचार बाहिरिए संगै अब उनको राजनितिक गरिमा खतम भएको विश्लेषण गर्न लागिएको छ ।

तस्बिर -कान्तिपुरबाट
जिल्लाका सामाजिक संजाल प्रयोगकर्ताहरु आज दिनभरजसो टोपबहादुरको ब्यंङ्गमा उत्रिएका छन भने कतिले त टोपबहादुर रायमाझिको बचाउमा कान्तिपुरलाइ गोजि मिडियाको आरोप पनि लगाएका छन ।

बयानका क्रममा रायमाझिको अपुस्ट भनाइ र उनका छोराका नाममा काटिएको करोडौको चेक बाहिरिए संगै अब उनको तिव्र आलोचना सुरु भएको छ ।





