अर्घाखाँची : बैदेशिक रोजगारीलाई बाई बाई भन्दै नेपाल फर्किएका खाचिकोटका भट्टराईको पशुपालनमा उल्लेखेनिय फड्को ( तस्बिर सहित )

-अनिल नेपाली , अर्घाखाँची डट्कम। 

अर्घाखाँची ३० चैत – अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न ७ का ३७ वर्षीय सन्जिभ भट्टराईले लामो समय बैदेशिक रोजगारीमा पसिना बगाउनुभयो । त्यसबाट परिवारको घरखर्च बा हेक थप आम्दानी गर्न नसकेपछि गाउँ फर्किएर पशुपालनमा उहाँ लाग्नुभयो । मलाई स्वदेश पनि यही विदेश पनि यहि भन्दै अधिकांश मानिस सुख र सम्पन्नता प्राप्तिका लागि विभिन्न तरिकाबाट भौंतारिरहेका हुन्छन् ।

No description available.

जसका लागि कोही विदेशिन्छन् भने कोही स्वदेशमै केही गरेर देखाउने दाउमा हुन्छन । धेरै जसोको जसरी पनि कमाउने एकसूत्रीय उद्देश्य हुन्छ ।

केही चाहिँ भौतिक सुखभन्दा पनि आत्मसन्तुष्टिको खोजीमा हुन्छन् । तर, तालमेल नमिल्दा न भौतिक सुख प्राप्त हुन्छ, न त आत्मसन्तुष्टि नै । ऊर्जाशील जीवन त्यत्तिकै खेर जान्छ । अहिलेका अधिकांश ऊर्जाशील युवाको सपना हो, वैदेशिक रोजगारी – सक्नेहरूको गन्तव्य युरोप, अमेरिका, नसक्नेको खाडी या मलेसिया । आफनो देशमा कुनै अवसर नदेख्ने, विदेशमा अवसरै अवसर देख्ने नेपाली युवा जमात देशमा छ । त्यसो त वैदेशिक रोजगारीको सकारात्मक पाटो पनि छ, त्यो हो सीप, प्रविधि, परिश्रम, समयको महत्व । त्यही भएर विदेश जानुअघि आफ्नो देशमा कुनै अवसर नदेख्ने युवाहरू विदेशबाट फर्किएपछि अवसरै अवसर देख्छन् ।

No description available.

हाल स्वदेशमै कृषि क्षेत्रमा समर्पित युवा कृषि उद्यमी सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटका कृषक सन्दिप भट्टराईको विगत पनि त्यस्तै रहृयो । लामो समय मलेसिया काम गरेर स्वदेश फर्किनु भएका भट्टराईले सात वर्षसम्म विभिन्न ठाउँमा होटल व्यबसाय समेत गनुभयो ।

No description available.

केर्ही वर्षअघि भिडभाड र मलेसिया ‘बाई बाई’ गर्दै सुन्दर, शान्त कर्मथलो आफ्नै गाउँ खाँचिकोट फर्किएर उहाँले ५ लाखको लगानीमा भैसिपालन सुरु गर्नुभयो । त्यसो त मलेसियामा भट्टराईको काम भैसिपालन थिएन, उहाँ होटलमा काम गर्नुहुन्थ्यो, नेपालमा होटल व्यबसाय प्रशस्त भएता पनि आफुले सिकेको सीप यता काम लागेन । तर, किसानको छोरा भएकाले उहाँलाई भैसिपालन लाई समस्या भने भएन । भैसिपालनका साथै तरकारी, फलफुल पनि सुरु गर्नुभएका उहाँले अहिले आलुखेतीमा पनि हात हाल्नुभएको छ । भट्टाराई बोली भन्दा काममा विश्वास गर्नु हुन्छ ।

images

No description available.

भट्टाराईको यही विशेषतालाई आधार मानेर नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको नेपाल लाईभस्टक आयोजना बुटवलले २५ लाख पुरक अनुदान दियो मिहिनेत र परिश्रमका साथ काम गरेको खण्डमा सरकारले किसानलाई पनि अनुदान दिने कुराले आफुलाई गर्भको महशुस भएको बताउदै बुधबार अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रममा मन्तब्य राखे भट्टाराईको त्यो मेहेनतलाई उपस्थिित सबैले प्रशसा गदै अरुले पनि यस्तो काम गर्नको लागि आग्रह गदै सन्धिखर्क

images

No description available.

नगरपालिका वडा न ७ का वडा सदस्य डुकलाल प्रोख्रेलले कृषक सन्जिभ भट्टाराई आफैमा सर्बगुणले भरिपुर्ण कृषक हुदाहुदै पनि प्रोख्रेलले व्यक्तिको जीविको पार्जनलाई समेत लगनशिलता र अनुशासन पुर्वक र धैर्यतापुर्वक लगानी गरे अपेक्षित परिमाण हासिल गर्ने ठाँउ कृषि र पशुपालन भएकोले कोभिड १९ ले अहिलेसम्म राम्रो काम गरेको र अब आगामी दिनमा पनि उल्लेखनीय गुणस्तरीय काम गदै नगरमा नमुनाका कृषक बन्नका लागि आग्रह समेत गरेका थिए ।

images

No description available.

कार्यक्रममा सन्धिखर्क नगरपालिका पशु शाखा प्रमुख नारायण प्रसाद खनालले मन्तब्य राख्दै कृषि र पशुपालन स्वरोजगारीको भरपरर्दो माध्यम भएकोले कृषि र पशुपालनमा लगानी गरी अपेक्षित परिमाण हासिल गर्न सकिने बताउनु भएको थियो । भट्टाराईले भैसिपालन पालन गर्न कम लगानीर स्थानीय स्तरमा उत्पादित मकैको पिठो, धानको ढुटो लगायत स्थानीय दाना, घाँस र पर्याप्त क्षेत्र रहेकाले समस्या नरहेको भट्टराई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ३ वटा भैसि पालनबाट व्यवसाय सुरु गरेको हुँ, अहिले साना ठुला गरेर २० वटा भैंसी छन् ।

No description available.

उत्पादित बस्तु विक्रीको बजार समस्या छैन दूध ध्यु दहि खपत हुने गरेको बताए । ,भैंसी पालनले आम्दानीका साथै सन्तुष्टि पनि मिलेको छ, बाहिर मानिसलाई रोजगारी दिइएको छु घरका परिबार मिलेर नै हामीले व्यबसाय सुरु गरेका छौ । विदेशमा श्रीमानले त्यो पाएको दु:ख देख्दा अहिले घर परिबारका सगै उत्पादमा लाग्दा सुन्तुष्टी मिलेको उनीकी श्रीमति रिता पौडेल भट्टराईको भनाई रहेको छ ।

Nepal life insurance

भट्टराईले अहिले ७ रोपनी जग्गामा घास खेती गरेका छन । भट्टराईले मासिक ४० देखि ५० हजार कमाउनका लागि विदेश जान नपर्ने बताउदै स्बदेशकै माटोमा पसिना बगाएर विदेशमा जस्तो पैसा कमाउन सकिने भट्टराई बताउछन् । भट्टाराईको त्यो मिहिनेतले आफुहरुलाई पनि प्रेरणा मिलेको स्थानीय बासिन्दा बताउछन् । सार्वजनिक सुनुवाई कार्यक्रम फर्म सञ्चालक सन्जिभ भट्टाराईको अध्यक्षता ,त्रिलोक सिहको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीय बृद्धिजिवि , सञ्चारकर्मी ,पशुकर्मी ,कृषिकर्मी लगायत स्थानीयको उपस्थिति रहेकोे थियो ।

  जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीद्वारा जनहितमा जारी सन्देश !    

साथै यो पनि:

मलेसिया छाडेर कृषि पशुपालनमा रमाउदै खाचिकोट डिहिडाँडाका सन्जिब भट्टराई, दुध बेचेरै गर्छन् लाखौंको आम्दानी

लिन्क : https://www.arghakhanchi.com/2023/04/12/90837/