पाणिनिको पालीमा जंगलको आगो वस्ती प्रवेश घरगोठ जलेर नष्ट,वास्तविक क्षतिको वितरण संकलनको क्रममा (तस्बिर सहित )

 

-डिआरजी सुमन पाली
अर्घाखाँची पाली, वुधवार, ०६,वैशाख २०८० । पाणिनि गाँउ पालिका वडा नं ८ पालीमा सोमवार देखीं जंगलमा भएको आगालागी एक-एक वुधवार दिउसो खगडी चोक स्थित घरमा प्रवेश गरेको छ ।

May be an image of 6 people

स्थानीयहरुको आगो नियन्त्रण गर्ने निरन्तर प्रयास तीन दिन सम्म रहेता अन्ततः गाँउ पालिका र वाहिरी सहायता नपाएकै कारण वस्तीमा आगो पुंगी दुईघर र एक गोठ पुर्ण क्षतिग्रस्त भएका छन ।

May be an image of 8 people

पाणिनि गाँउ पालिका वडा का अध्यक्ष रोम वहादुर पाण्डे सहीतका जनप्रतीनिधी र स्थानीय वासिन्दाहरुको आधाघण्टा वढी समयको प्रयास विच सामान्यतः आगालागी नियन्त्रणमा आएको थियो ।

May be an image of 5 people

वैशाख महिना त्यसैमाथी दिउसोको चर्कोघाम र हावाहुरीकै कारण पनि आगालागी नियन्त्रणमा समस्या आएकै कारण वस्तीमा आगालागी नियन्त्रण गर्न असम्भव भएको स्थानीयवासीले वताएका छन ।

May be an image of 6 people

आगालागी नियन्त्रणको लागी पाली स्थित घटनास्थलमा पुगेको प्रमुख जिल्ला अधिकारी सहित नेपाली सेना,सशस्त्र प्रहरी वल,नेपाल प्रहरी,राष्ट्रीय अनुसंधान सन्धिखर्क नगरपालिकाको वारुणयन्त्र अव्यवस्थित सड़क निर्माणका कारण केही समय रोकिएर आउनु परेकोले ढिलाई भएको वताईएको छ ।

May be an image of 8 people

अर्घाखाँची जिल्ला स्थित सुरक्षा निकाय सन्धिखर्क नगरपालिकाको वारुण यन्त्र सहित पाली पुगेपछि मात्र आगालागी पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।आगालागी नियंत्रणको लागी तीनवटै सुरक्षा निकाय र स्थानीयको कडा मेहनतले मात्र सफलता मिलेको थियो ।

May be an image of 8 people

आगालागीमा परि दुई घर,एक घर र एक मोटरसाइकिल वर्कशॉप जलेर नष्ट भएका छन यद्यपि नजिकै रहेका अन्य वस्तीलाई भने सुरक्षित राख्न सफलता मिलेको छ ।

May be an image of 7 people and fire

अर्घाखाँची जिल्लामा एक मात्र वारुणयन्त्र भएकोले आगालागी नियन्त्रणमा समस्या रहेको वताउदै सवै स्थानीय निकायमा कम्तिमा एक एक वारुण यन्त्र भएमा भैपरी आउने समस्या समाधानको लागी सहजता आउने अर्घाखाँची प्रहरी प्रमुखले वताउनु भएको छ ।

May be an image of 1 person and fire

आगालागी नियन्त्रण भए लगत्तै वडा सचिव कमल न्यौपाने र वडा अध्यक्ष रोम पाण्डेयले क्षतिको विवरण संकलन गर्ने कार्य सुरु गरेको भएता पनि क्षतिको पुर्ण विवरण संकलन जारी रहेको वताईएको छ ।

May be an image of 1 person and fire

प्रमुख जिल्ला अधिकारी मार्फ़त आगालागी पिडीतको लागी तत्काल राहत स्वरूप पन्द्रह हजार नगद उपलब्ध गराईएको छ भने एक तीर्थयात्रीहरुको समुहवाट पनि केही आर्थिक सहयोग उपलब्ध गराईएको छ ।

May be an image of 3 people and fire

वैशाख जेठको गर्मीयाममा जताततै आगालागीको संकट परिरहेको वताउदै अर्घाखाँची जिल्ला प्रहरी प्रमुखले मातहतका निकायलाई निर्देशन दिदै ले कतै पनि कसैले जानेर वाँ अनजान मा आगालागी गरेको पाईएमा तत्काल नियन्त्रण गर्न र दोषी माथी वनमुद्दा चलाउने गरी अगाड़ी वढ्ने वताउनु भएको छ ।

तस्वीर –  डिआरजी सुमन,पाली,अर्घाखाँची ।

May be an image of 6 people

May be an image of 1 person and fire

May be an image of 5 people

May be an image of 7 people and fire

May be an image of 8 people

May be an image of 5 people

अन्य समाचारहरु