भोलीदेखी शुरु हुने राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पाँचौं जिल्ला सम्मेलनलाई उद्घाटन गर्न राजमो अध्यक्ष के.सी. सन्धिखर्कमा

-गोपाल भट्टराई ,अर्घाखाची ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी. अर्घाखाँची आउनु भएको छ ।  भोली बैशाख ८ गतेबाट सुरु हुने राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पाँचौं जिल्ला सम्मेलनलाई उद्घघाटन गर्न अध्यक्ष के.सी. सन्धिखर्क आउनुभएको हो ।

राष्ट्रिय अखण्डता र जनताको पक्षमा खरो बोल्ने बामपन्थी नेता के.सी.जिल्ला आएपछि राजमोका नेता,कार्यकर्ता मात्रै नभइ उहाँका शुभचिन्तक समेत उत्साहित भएको बताइएको छ ।

Nepal Election 2079 - Latest Election Updates And Results for Federal  Parliament

मुलुकमा रहेको राजनितिक अस्थिरता,कमजोर राष्ट्रियता र संकटग्रस्त आर्थिक अवस्थाको निराकरण गर्न संघियता खारेजीको विकल्प नभएको जिकिर गर्दै आउनुभएका अध्यक्ष के.सी.ले राजमो अर्घाखाँँचीको भोलीबाट सुरु हुने ५ औं जिल्ला सम्मेलनलाई उद्घाटन संगै सम्बोधन गर्नुहुने अध्यक्ष थम्मन के.सी.ले जानकारी दिनुभएको छ । नयाँ नेतृत्व र कार्यक्रम तय गर्नको निम्ती जिल्ला सम्मेलन गर्न लागेको राष्ट्रिय जनमोर्चाले सम्मेलनको सम्पूर्ण तयारी पुरा गरेको सचिव बाबुराम पन्थीले बताउनुभएको छ ।

Chitra Bahadur KC wins HoR seat from Baglung-1 – epardafas.com

जिल्लाका सबै वडा र पालिकामा बैठक, भेला र सम्मेलन मार्फत वडा तथा पालिका स्तरिय समिति गठन सकिसकेको यो पार्टिले भोली सन्धिखर्क टुडिखेल स्थित सभाहलमा सम्मेलनको उद्घाटन भव्य समारोहका बिच गर्न थालेको छ ।

अध्यक्ष चित्र बहादुर के.सी. सहित राजमोका केन्द्र तथा जिल्ला स्तरका नेता,जिल्लामा क्रियाशिल अन्य दलका प्रतिनिधिहरुको समेत आतिथ्यता रहने सम्मेलनमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले आफ्नो प्रस्तुती समेत दिनेछन् ।

जिल्लाका ६ वटै पालिकाबाट प्रतिनिधि,पर्यवेक्षक र दर्शकहरु सन्धिखर्क आउन तयारी अवस्थामा रहेको जिल्ला उपाध्यक्ष गोपाल पौडेलले जानकारी दिनुभएको छ । भोली उद्घघाटन समापन पछि बैशाख ९ गते बन्दशत्र मार्फत नयाँ नेतृत्व र कार्यक्रम तय गरि समापन हुने सम्मेलनमा जिल्लाभरबाट करिब ३ सय ५० जना प्रतिनिधि र पर्यवेक्षक सहभागि हुने राजमो अर्घाखाँचीले जनाएको छ ।

अन्य समाचारहरु