

काठमाडौँ- चितवन निर्वाचन क्षेत्र २ मा मतगणना जारी छ । हालसम्म ६० हजार ६७३ मत गणना सकिएको छ ।
पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ४३ हजार १०१ मत पाएका छन् ।

नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठको मत लामिछानेको भन्दा ३५ हजार १ सय ४९ मत कम छ । योसँगै लामिछानेको जित निश्चित भएको छ । अब चितवन-२ मा १७ हजार ६ सय ४ मत गन्न मात्र बाँकी छ । त्यस्तै श्रेष्ठले ७ हजार ९ सय ५२ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ७ सय ८७ मत पाएका छन् । आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो ।







