पृथ्वी राजमार्ग अझै खुल्न सकेन

1

काठमाडौं । सोमबार दिउँसोदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग अझै पनि खुल्न सकेको छैन ।

धादिङको गणेशखोलाको पुलको मुखमा जमिन भास्सिएका कारण सोमबार दिउँसो ३ बजेदेखि सडक अवरुद्ध भएको हो ।

धादिङ जिल्ला प्रहरी कार्यालयले सडक खुलाउन कोशिस भईरहे पनि अझै केही समय लाग्ने बताएको छ । साना सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् भने ठूला सवारी साधन बाटोमै अलपत्र अवस्थामा छन् ।

काठमाडौं आउने सवारी साधनले गल्छी–नुवाकोटको बाटो प्रयोग गरिरहेका छन् भने काठमाडौंबाट बाहिर जाने सवारी साधनलाई त्रिभुवन राजपथबाट हेटौंडातर्फ पठाइएको छ ।

1

नागढुंगा–मुग्लिन सडक योजनाले भास्सिएको सडक मर्मतको काम गरिरहेको छ ।

images