

– एन भट्टराई ,अर्घाखाची ।
सन्धिखर्क – आज सन्धिखर्क नगरपालिका वार्ड न. ९ मा अवस्थित अर्घा रजस्थल माबीले एक कार्यक्रम आयोजना गरि शिक्षक विद्यार्थी बिदाई एव स्वागत तथा शुभकामना कार्यक्रम सम्पन गरेको छ ।

दुई चरणमा सप्पन्न कार्यक्रमको पहिलो चरणमा भगवती मा.बि. सङ्खेटारीमा सरुवा भई जाने शिक्षक बेल बहादुर मुखियाको बिदाई एवं बैधनाथ मा बि बामरुक बाट सरुवा भई आउनु भएकी शिक्षिका पार्वता खनाल र शिक्षक सेवा आयोगबाट पदस्थापन भई आउनु भएकी शिक्षक सीता के सि को स्वागत गरिएको थियो ।

त्यसै गरि दोस्रो चरणमा कक्षा ११का विद्यार्थी द्वारा कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई एवं परिक्षा सफलता शुभकामना ब्यक्त गरिएको थियो ।

पहिलो चरणको कार्यक्रम बिधालय प्र .अ निरज भट्टराईको अध्यक्षतामा, सनपा ९ का वार्ड अध्यक्ष पदम प्रसाद भुसालको प्रमुख आथित्थतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको संचालन शिक्षक छबिलाल चुदालीले गर्नु भएको थियो भने दोस्रो चरणको कार्यक्रमको अध्यक्षता कक्षा ११ का छात्र अभय रायमाझीले र संचालन कक्षा ११ का छात्रा स्नेहा परियारले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी वार्ड अध्यक्ष पदम प्रसाद भुसाल, प्रअ निरज भट्टराई , शिक्षक छबीलाल चुदालि, चुडामणि खत्री, नारायण खनाल , बल बहादुर रायमाझी,

छबिलाल भुसाल , झुमा रायमाझी, कक्षा ११ का छात्रा तिर्सना बिक, मन्जिता राउतले बिदाई एवं शुभकामना मन्तव्य राख्नु भएको थियो साथै बिदाई भई जाने शिक्षक बेल बहादुर मुखिया र कक्षा १२ कि छात्रा अनुसा रायमाझीले धन्यवाद दिनु भएको थियो ।

नव आगन्तुक शिक्षक द्वय पार्वत खनाल र सीता के शि ले बिधालयको शैक्षिक गुणस्तरका लागि आफ्नो प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

यसै बीच बिदाई भई जाने शिक्षक बेल बहादुर मुखियाले आधारभुत तहको अन्तिम परिक्षा कक्षा ८ मा नेपाली विषयमा सबैभन्दा उच्चतम अक ( जिपिए ) ल्याउने छात्रछात्रा को प्रोत्साहनका लागि रु १०००० (दस हजार ) को बिबिएम छात्रवृत्ति अक्षयकोष रकम बिधालय प्रअ निरज भट्टराईलाई हस्तान्तरण गर्नु भएको थियो ।







