

-अर्घाखाची डट्कम सम्बाददाता ।
सुपा देउराली ,अर्घाखाची । सुपा देउराली मन्दिर परिसरमा माथिबाट खसेको ढुङ्गा ले लागेर एक महिलाको नि’धन भएको छ ।

सन्धिखर्क ०७ बागमारा कि ३५ बर्षिय कल्पनाको ढुङ्गाले लागेर ज्यान गएको त्यहा बाट सन्धिखर्क ७ वडा अध्यक्ष चुरा बहादुर के सि ले जानकारी दिएका छन ।

मृतक का दुई छोरी एक छोरा छन सुपादेउराली क्षेत्रमा पसल गर्दै आउनुभएको र आज दिउँसो पसल बाहिर बसिरहेको अवस्थामा माथिबाट आएको ढुङ्गाले लागेर घटनास्थल मै नि’धन भएको जानकारी प्राप्त भएको छ ।

मृतक थापाले देउरालिमा पसल गर्न लागेको ७ बर्ष भएको र १६ बर्ष उमेरकि छोरी , छोरा १२ बर्षका र श्रीमान पनि संगसगै पसल गर्थे ।







