

अर्घाखाँची एमाले सचिव तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई नेपालीलाई नक्कली भुटानी शरणार्थि बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेकाे आरोपमा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको समाचार बाहिरिए अर्घाखाँची पनि प्रहरीले उनलाई अहिलेसम्म पक्राउ गरेको छैन्। पक्राउ पुर्जी जारी गर्दा गृह जिल्ला कार्यालय अर्घाखाँचीमा आयोजित एक विद्यालयको हिरक समारोहमा सहभागी रहेका उनी अहिले काठमाडौँ हिँडेका छन्। बुधबार नै पक्राउ पुर्जी जारी भइरहँदा उनले विद्यालयको हिरक समारोहको सम्बोधन गरे।

विद्यालयको हिरक समारोह सकेर सदरमुकाम सन्धिखर्क आएका रायमाझी सभामुख देबराज घिमिरेसँगै काठमडौँ हिँडेका हुन । उनी दिनभर अर्घाखाँचीमा रहे पनि जिल्ला प्रहरी अर्घाखाँचीले आधिकारिक आदेश बिना पक्राउ गर्न सकेन्। काठमाडौँमा पक्राउ पुर्जी जारी भए पनि आफूहरुसमक्ष पक्राउको लागि औपचारिक आदेश नआएको कारण पक्राउ नगरिएको अर्घाखाँची जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी कृश्न प्रसाद घिमिरेले अर्घाखाँची डटकमलाइ बताए । ‘काठमाडौँ अदालतले पक्राउ पुर्जी त जारी गरेको हाे तर यहाँ पक्राउ गर्न भनेर आदेश आएको छैन, आदेश नआएसम्म पक्राउ गर्ने कुरा भएन्,’ घिमिरेले भने। रायमाझी अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।






