हामी टिकट काटेर बसेका छौं, फिल्म देखाउनुहोस् : प्रधानमन्त्रीलाई एमाले सांसदको कटाक्ष

1

काठमाडौं : प्रतिनिधिसभा सांसद पदम  गिरीले नक्कली भुटानी शरणार्थी प्रकरण नौलो नभएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले गत भदौ २२ गते राष्ट्रियसभा बैठकमा नेकपा एमाले सांसद पार्वती राउतले यस विषयमा सरकारको ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको बताए।

उनले भने ,’नक्कली भुटानी शरणार्थीको विषय नौलो होइन। गत भदौ २२ गते राष्ट्रियसभा बैठकमा नेकपा एमाले सांसद पार्वती राउतले यस विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। तर, कतैबाट सुनुवाइ भएन।’

उनले जुनसुकै क्षेत्रमा हुने भ्रष्टाचार,अनियमिततामाथि कडा छानबिन हुनुपर्ने माग गरे।

सांसद गिरीले प्रधानमन्त्री ‘प्रचण्डले’  नक्कली भुटानी शरणार्थी प्रकरणमा दिएको अभिव्यक्तिप्रति आपत्ती जनाए।  प्रधानमन्त्री प्रचण्डले शनिबार एक कार्यक्रममा नक्कली भुटानी शरणार्थी प्रकरणमा केही व्यक्ति पक्रउ परेको भन्दै यो टेलर मात्रै भएको र फिल्म देखाउन बाँकी रहेको अभिव्यक्ति दिएका थिए।

उनले भने,’प्रधानमन्त्रीले यो ट्रेलर मात्र हो फिल्म त आउन बाँकी रहेको छ भन्नु भएको छ। प्रधानमन्त्रीज्यू हामी फिल्म हेर्न तयार छौं। हामी फिल्म हेर्न टिकट काटेर बसेका छौं। फिल्म देखाउनुहोस्।’

वाइडबडी,बाँसबारी जग्गा घोटालाकाण्ड,मातातिर्थ जग्गा घोटाला, बालमन्दिर जग्गा घोटाला, यति काण्ड, ओम्नी काण्डजस्ता विषयमा गम्भीर छलफल हुनुपर्ने बताए।

images