एकातिर आदेश अर्कोतिर प्रमाणपत्र : ढाकाको सांसद पद यथावत राख्न सर्वोच्चकोआदेश, आयोगले दियो कंसाकारलाई सांसदको प्रमाणपत्र

1

सर्वोच्च अदालतले सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदबाट हटाइएका ढाकाकुमार श्रेष्ठको पद यथावत राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

अर्कोतिर निर्वाचन आयोगले भने  राष्ट्रिय स्वतन्त्र पार्टीको सिफारिसमा विन्दाबासिनी कंसाकारलाई सांसद निर्वाचित भएको प्रमाणपत्र दिइसकेको छ।

Reliable life insurance

रास्वपाले श्रेष्ठलाई कारबाही गरेर उनको ठाउँमा कसांकारलाई सांसद बनाउन निर्वाचन आयोगमा बुझाएको पत्रअनुसार उनलाई आइतबार प्रमाणपत्र दिएको र निर्वाचित भएको जानकारी संघीय संसदलाई समेत दिएको आयोगले जनाएको छ।

1

यता सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अब दुबै पक्षको बहस सकिएर आदेश नहुन्जेल श्रेष्ठलाई गरिएको कारबाही कार्यान्वयन नगर्न आदेश भएको हो। श्रेष्ठको मुद्धाको अन्तिम टुग्गो नलाग्दा सम्म सांसद को हुने भन्ने कुरा अनिश्चित भएको छ।

Nepal Telecocme

ढाकाकुमार श्रेष्ठले आफूलाई सांसदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए। -नागरिक

images