

अर्घाखाँची डटकम ।
नेत्र बित्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य तथा पश्चिम लुम्बिनी व्युराेका ईन्चार्ज सन्जिभ सि सत्ताधीन पार्टी जनताका समस्या प्रति केन्द्रित नभई अनैतिक काममा सत्रिय रहेकोले देशमा एकपछि अर्को भ्रष्टाचारका घटना बढेको बताउदै ,आफ्नो पार्टी राष्ट्रियता जनतन्त्र जनजिविका समस्या प्रति जिम्मेवार प्रतिवद्व रहेको बताएका छन् ।

पार्टीले सञ्चालन गरेकाे युवा मार्चपास तथा जनभेटघाट कार्यक्रमकाे सितगगा नगरपालिका आज समापन गदै नेता सन्जिभ सि ले यस्तो बताउनुभएको हाे । नेता सन्जिभले जनताप्रति आशा र भराेसाकाे पार्टी ,देशकाे भविष्य निर्माणकाे आधारसिला सहित व्यबस्था भन्दा अबस्था परिवर्तनमा जाेड दिएर जनताको हरेक समस्या समाधानका लागि निरन्तर रूपमा गाउँ बस्तीमा अभियान सञ्चालन गरेको बताउदै नेता सन्जिभले नेपालमा निति सिद्धान्त बिना उदय भएका पार्टी रवि लामिछाने सिके राउतले कुनै काम गर्ने नसक्ने बताउदै भ्रष्टाचारी तस्करी लागुर्अेाषध मध्यपान खाेलामा अनावश्यक तरिकाले निति नियमभन्दा बाहिर गएर ढुङ्गा गिट्टी बालुवाका लागि डाेजर चलाउनेलाई अब जनकारबाही गरिने बताए ।


एक फरक प्रसगमा नेता सन्जिभ सिले देशमा ससदिय ब्यबस्था रहेसम्म देश दिनाहु दिन सङ्कट ग्रस्त अबस्थामा गुजिरहने बताउदै अबको लक्ष्य समाजबाद बैज्ञानिक व्यवस्थाका लागि हुनुपर्ने बताए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा पुर्वी कपिलवस्तु ईन्चार्ज हेमन्त सिले सगठन निर्माणकाे आधारसिला अभियान भएको बताउदै अभियानमा भ्रष्टाचारी तस्करी मध्यपान धुम्पानमा केन्द्रितकाे पहिचान भएको बताउदै अनैतिक काममा रहेकालाई कार्यबाही गरिने बताए ।

कार्यक्रममा नेकपा अर्घाखाँचीका ईन्चार्ज माहुरी सिले गणतन्त्र धराप परेको बताउदै अबकाे आन्दोलन बैज्ञानिक व्यवस्थाका लागि हुनुपर्ने बताए । कार्यक्रममा अभियानको प्रगति समिक्षा समेत गरिएको थियोे ।

चैत २४ गते कपिलवस्तु बाट सुरु भएको अभियानले खासगरी बालिङ १२९ स्थान , मार्चपास ६८ स्थान,काेणसभा ५५ स्थान ५५ स्थानमा साँस्कृतिक कार्यक्रम २२५ जना अन्य पार्टी बाट प्रबेश लगायतका उपलब्धि भएकाछन् भने जनकारबाहीका लागि आधारसिला समेत तयार भएको छ । कार्यक्रम युवाका केन्द्रिय सचिवालय सदस्य तथा अभियान ईन्चार्ज सागर सिकाे अध्यक्षता तथा सञ्चालनमा सम्पन्न भएको थियो।






