अर्घाखाँची: भुमिकास्थान -२ को जैथुममा आगलागी , ६ जना घाइते , घाइतेलाई थप उपचारका लागि पाल्पा मिसन अस्पताल लगियो 

1

-अर्घाखाची डट्कम । 

भुमिकास्थान – भुमिकास्थान नगरपालिका -२ ढाकावाङ्गको जैथुममा आगलागी हुदा आगो निभाउने क्रममा छ जना जलेर घाइते भएका छन । जंगलबाट लागेको आगो गाउमा पसेपछी निभाउने प्रयास गर्दा उनिहरु गम्भीर घाइते भएको वार्ड अध्यक्ष बुद्दी बहादुर थापाले बताए ।

1

घाइतेहरुलाइ उपचारको लागि सन्धिखर्क अस्पताल पठाइसकिएको छ । आगोले एक गोठ जलेर नस्ट भएको , एक बोका जलेर मरेको र एक भैंसी गम्भीर घाइते भएको प्रारम्भिक बिवरण अध्यक्ष थापाले दिए ।

पछिल्लो थप प्राप्त जानकारी अनुसार  भूमिकास्थान नगरपालिका–२ तिरतिरे खोला किनाराको जंगलमा लागेको आगो गाउँमा पसेर घरमा आगलागी हुँदा आगो निभाउने क्रममा घाइते भएको वडा अध्यक्षले जानकारी  दिए।

जंगलमा लागेको आगो स्थानीय ५५ वर्षीय पदम बेल्वासेको घरमा सल्केको थियो । त्यसपछि उनी आगो निभाउन खोज्दा घाइते भएका छन् । उनीसँगै आगो निभाउने क्रममा उनका चार जना छिमेकी घाइते भए ।

May be an image of 7 people, car, road and text

घाइते हुनेमा ३६ वर्षीय माधव बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्वासे, ७२ वर्षीय पिताम्बर बेल्वासे र २६ वर्षीय अस्मिता बेल्वासे रहेको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । आगलागीपछि प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेको नेतृत्वमा घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।

आगोलो शरीरका विभिन्न ठाउँमा जलेको छ । यसैगरी आगो लागिका घाइतेहरुलाई अर्घाखाँची अस्पतालबाट थप उपचारका लागि पाल्पा मिसन अस्पतालमा लगिएको स्वास्थ्यकर्मी अशोक चौहानले बताए । आगलागीबाट करिब १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । क्षतिको पूर्ण विवरण संकलन भैरहेको प्रहरीको भनाई छ ।

images

 

 

 

 

 

अन्य समाचारहरु