अर्घाखाँची : आगोले जलेर चारको मृत्युपछि गाउँ नै शोकमा, प्रशासनद्वारा मृतकका परिवारलाई राहत प्रदान (तस्बिर सहित )

1

अर्घाखाँची– आगोले जलेर एकै गाउँका चार जनाको मृत्यु भएपछि अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भूमिकास्थान नगरपालिका–२ ढाकाबाँगमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारका क्रममा मृत्यु भएपछि सिङ्गो तिरतिरे गाउँ नै शोकमा डुबेको हो ।

May be an image of 6 people

कोरियाबाट रोजगारी गरेर घरमा आएका ३६ वर्षीय माधव बेल्वासे घर नजिकै लागेको निभाउन गए । आगो निभाउने क्रममा घाइते माधवको उपचारका सिलसिलामा

May be an image of 3 people and crowd

काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । उनको मृत्यु भएपछि घरमा रहेका २६ वर्षीया श्रीमती राधा बेल्वासे र नाबालक दुई छोराको बिचल्ली

May be an image of 5 people and text that says 'REDM QUAD CAMERA'

भएको छ । छोरा अढाइ वर्ष र एक वर्षका छन् । कमाउने र केही गर्ने छोरा गयो ६८ वर्षीया आमा गिरी बेल्वासेले भक्कानिँदै भनिन्, “साना छोरा र बुहारीको यो अवस्था हाम्रो त विचल्ली भयो ।”

May be an image of one or more people and crowd

मङ्गलबार दिउँसो भूमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम बेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँका चारै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

May be an image of 1 person and temple

घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको थियो। पाल्पामा उपचार हुन नसकेपछि काठमाडौँ पठाइएकामा उपचारका लागि लैजाँदै गर्दा बाटोमा तथा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालको भनाइ छ ।

May be an image of 4 people and text that says 'REDMI NOTE QUAD CAMERA'

आगलागीमा परी घाइते भएका भूमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पीताम्बर बेल्वासेको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पद्म बेल्वासेको

May be an image of 4 people

नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम बेल्वासेको काठमाडौँ कीर्तिपुरको बर्न अस्पतालमा पुगेपछि र ३६ वर्षीय माधवको उपचारका क्रममा मृत्युु भएको उपचारमा संलग्न स्थानीय विष्णु बेल्वासेले बताए ।

May be an image of 3 people and tree

आगलागीमा परेर घाइते भएकी २६ वर्षीय अस्मिता बेल्वासेको अवस्था सुधारोन्मुख छ । उनको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ । आगलागीले ज्यान गुमाएका घरपरिवारमा रहेका आफन्तलाई भेटेर घटनाबारे प्रमुख जिल्ला अधिकारी मिना अर्याल लगायतको टिमले जानकारी लिनुका साथै राहतसमेत प्रदान गरेको छ ।

May be an image of 10 people and text that says 'REDMI NOTE9 QUAD CAMERA'

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको जिल्लास्तरीय सुरक्षा प्रमुखको टोलीले घटनास्थलमा गएर आगलागीको प्रकृति, मृतकका परिवारको अवस्था र आगो लाग्नुका कारणबारे जानकारी लिएको छ । आगलागीमा परेर ज्यान गुमाएका चार जनाको परिवारलाई तत्कालका लागि रु ५० हजारका दरले राहत पनि प्रदान गरिएको प्रजिअ मीना अर्यालले बताइन् ।

May be an image of 9 people and tree

प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखलाई स्थानीयले आगो लगाउने व्यक्तिलाई पक्रिएर कारबाही गर्न माग गरेका छन् । मङ्गलबार नै नेपाल प्रहरी, सशस्त्र प्रहरी,

May be an image of 1 person

स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिएसँगै अन्य घर जोगिएका थिए ।

तस्बिर – गोपाल प्रसाद भट्टराई ।

images

 

अन्य समाचारहरु