खाँचीकाेट फर्ज्याङमा स्वास्थ्य चाैकीकाे शिलान्यास ( तस्बिर सहित )

खाँचीकाेट स्वास्थ्य चाैकीकाे शिलान्यास गदै , नगर प्रमुख श्रेष्ठ 

1

– केशब घिमिरे ,अर्घाखाची डट्कम।

सन्धिखर्क, फर्ज्याङमा  – सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले गुणस्तरीय स्वास्थ्य आम नागरिकको प्रमुख र अनिवार्य आबश्यकताकाे बिषय बनेको बताउनुभएकाे छ।

No description available.

सन्धिखर्क नगरपालिका वडा न ७ खाँचीकाेट स्वास्थ्य चाैकीकाे शिलान्यास गदै श्रेष्ठले यस्तो बताउनुभएको हाे ।

No description available.

नगर प्रमुख श्रेष्ठले हरेक नागरिकको बिशेष चासो बिषय बनेको स्वास्थ्य लाई घरदैलोमा ल्याएर प्रत्येक नागरिक लाई सेवा दिनु राज्यको कर्तव्य रहेकाे बताउदै स्वास्थ्य शिक्षा लाई राज्यले निशुल्क र सर्वशुलभ रूपमा उपलब्ध गराउनुपर्ने बताउदै निर्माण व्यबसायीलाई गुणस्तरीय काम गर्नेका लागि आग्रह समेत गरे। कार्यक्रममा सन्धिखर्क

No description available.

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले हरेक नागरिक स्वास्थ प्रति सवेदनशील जिम्मेवार रहदारहदै पनि अनावश्यक रूपमा खर्च भएकोले त्यसलाई न्युनिकरण गर्नकाे लागि राज्यले घरदैलोमा सेवाकाे सुरुवात गरेर नागरिक लाई सेवा दिनुपर्ने बताए ।

images

No description available.

निर्माणकाे जिम्मा खनाल कन्ट्क्सन निर्माण कम्पनीले लिएको छ । निमार्ण कम्पनीले अर्घाखाँची लगायत छिमेकीको जिल्लामा समेत गुणस्तरीय काम गदै आएको छ। कम्पनीले २०८१/२/ ०७ सम्पन्न गर्ने गरि नगरभित्रका वडा न ७ ,८, ११ मा स्वास्थ भवन निर्माणकाे जिम्मा लिएको छ।

images

No description available.

सन्धिखर्क नगर पालिका वडा नं.७ को नयाँ स्वास्थ्य चौकि भवनबाट सेवा लिन पाउने भए पछि यहाँका स्थानीय बासिन्दा खुसी भएका छन् । करिव ३ रोपनी जग्गा के सि परिवारले निशुल्क दान दिएपछि स्वास्थ्य चौकि भवन निर्माण सहज बनेको हो।  सुक्रबार एक सामारोह बिच नगरप्रमुख प्रमुख कृष्ण प्रसाद श्रेष्ठले हिन्दु परम्परा अनुसार बिधिबत पुजा आजा गरि भबनको सिल्यान्यास गर्नु भएको हो ।

images

No description available.

कार्यक्रममा वडा न ७ का अध्यक्ष चुरा ब केसि ,वडा सदस्य महिला स्वयमसेविका जग्गादाता ,बुद्धिजीवी ,स्थानिय अगुवा समाजसेवी लगायतको उल्लेखनीय सहभागीता रहेको थियोे । कार्यक्रमकाे सञ्चालन स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुलीले गर्नु भएकाे थियोे।

थप तस्बिर सहित : केशब घिमिरे ,अर्घाखाची डट्कम।

No description available.

Nepal life insurance

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.1images