काठमाडौं आउँदै गरेको बसमा आगलागी

Reliable life insurance

काठमाडौं । धादिङको खानीखोलाबाट काठमाडौं आइरहेको बसमा एक्कासी आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार शनिबार बिहान साढे ११ बजेतिर गुडिरहेको बसमा एक्कासी आगलागी भएको हो ।

काठमाडौं आइरहेको ग १ ख ४८४६ नम्बरको बसमा एक्कासी आगलागी हुन गएको थियो ।

प्रहरीका अनुसार वाइरिन सर्ट भएर आगलागी भएको भएको अनुमान गरिएको छ । सुरुमा धुँवा देखिएपछि चालकले बसलाई रोकेर यात्रुलाई झारेका थिए । करिब २५ जना सवार रहेको बसमा आगोलागी भएपनि मानविय क्षति भने नभएको प्रहरीको भनाइ छ ।

बस भने पूर्णरुपमा क्षति हुन पुगेको प्रहरीको भनाइ छ । आगलागीपछि दमकल र प्रहरीको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो ।

Nepal Telecocme1images