शहिद टङ्क प्रसाद भुसालको ४१ औ स्मृति दिवस तथा सभा सम्पन्न ।

1

 अर्घाखाची डट्कम।

शहिद टङ्क प्रसाद भुसालको ४१ औ स्मृति दिवस अर्घाखाँचीकाे सन्धिखर्क स्थित शान्ति बगैचामा एक कार्यक्रम सहित मनाइएको छ ।

No description available.

कार्यक्रममा बाेल्ने बक्ताले शहिद टक भुसालले देशमा परिवर्तन आन्दोलनकाे नेतृत्व गर्दा राज्यद्वारा कायरतापुर्वक बलिदानी दिएर परिवर्तनको आन्दोलनमा शहिद टक भुसालको नाम स्वर्ण अक्षरमा लेखिएको बताए।

No description available.

कार्यक्रममा रा ज मो का नेता शेरबहादुर वि सी, ने क पा माओवादी केन्द्रका नेतृ छमकुमारी खनाल, ने क पा एमालेका नेता श्रीकृष्ण भुसाल ,अखिल नेपाल शिक्षक संघका पूर्व अध्यक्ष कमल प्रसाद घिमिरे सहितका बक्ताहरूबाट मन्तब्य राखेका थिए।

No description available.

कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष शारदा भुसाल, अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य,तथा नेपाल शिक्षक महासंघका राष्ट्रिय समिति सदस्य लक्ष्मण वली, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय उपाध्यक्ष, मान वहादुर पान्डे लगायत शिक्षकका पेशागत संघ सङ्गठनका बिभिन्न तहका पदाधिकारीहरू र बिभिन्न राजनीतिक दलका नेतासहितको समेत उपस्थिति रहेको उक्त कार्यक्रम शहिद टङ्क भुसालकाे सालिकमा माल्यर्पण तथा अविरयात्रा समेत गरिएको थियोे।

1

कार्यक्रम अखिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष कृष्ण प्रसाद बन्जाडेको अध्यक्षता एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष युवराज भुसालको सञ्चालन र प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका दिनामणि बेल्बासेको स्वगत मन्तव्यमा सम्पन्न भएको थियोे।

अन्य समाचारहरु