संसदीय विशेष समिति गठन : कुन दलबाट कसको प्रतिनिधित्व कती ?

संघीय संसदले १५ सदस्यीय संसदीय सुनुवाइ विशेष समिति गठन गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम प्रस्तुत गरेका छन्।जस अनुसार नेपाली कांग्रेसका ५, नेकपा एमालेका ५, नेकपा माओवादी केन्द्रका २, रास्वपा १, राप्रपा १, र जसपा १ सांसदको प्रतिनिधित्व रहेको छ।

१५ सदस्यीय समितिमा राष्ट्रिय सभाबाट नेपाली कांग्रेसका रमेशजङ्ग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा छन भने बाँकी १२ सदस्य प्रतिनिधिसभाबाट मनोनित गरिएको हो।

जसमा नेपाली कांग्रेसबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन्। त्यस्तै, नेकपा एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम सदस्य छन्।

माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपति शम्शेर जबरा जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी सदस्य रहेका छन्।

1

सुनुवाइ समितीले सुनुवाई पाएसँगै प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नियुक्तिको सुनुवाइ हुनेछ।

संवैधानिक समितिमा नियुक्त हुनेहरुको सुनवाइ गरेर मात्र नियुक्ति गरिने अभ्यास छ। समिति नभएकै कारणले उनको सुनुवाइ हुन सकेको थिएन।

Nepal Telecocme