प्रतिनिधि सभा बैठक जारी, प्रधानमन्त्रीले सम्बोधन गर्दै

काठमाडौं– प्रतिनिधि सभा बैठक अहिले जारी छ। सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन्।

बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित विपक्षी दलहरुले उठाएका विषयबारे प्रधानमन्त्रीले जवाफ दिनेछन्। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा एमालेसहित विपक्षी दलहरुले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिलाई लिएर विरोध जनाएका थिए।

1140x725

एमालेसहित विपक्षी दलको अवरोधका कारण आइतबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक स्थगित भएको थियो। सोमबार बिहान ११ बजे सुरु हुने भनिएको प्रतिनिधि सभा बैठक निर्धारित समयभन्दा ढिला सुरु भएको थियो।

images

 

 

अन्य समाचारहरु