प्रधानमन्त्री दाहालको भारत भ्रमण फितलो , १५ वटा राँगा ल्याउनुबाहेक प्रधानमन्त्रीको भारत भ्रमणको अरु उपलब्धि भएन : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण फितलो भएको बताउनु भएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा समय माग गरेर बोल्दै अधयक्ष ओलीले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले भन्नुभयो – ’प्रधानमन्त्रीको भारत भ्रमण फितलो रह्यो ।’ संसदमा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनु भएका ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल र देशको मर्यादा उल्लंघन भएको उल्लेख गर्नुभयो ।

भारत भ्रमणका क्रममा प्रधमामन्त्री दाहालले फूलबारी बन्दरगाहको रुट लिएर कालापानी, लिपुलेक भारतलाई दिन सकिने भन्ने जस्तो अभिव्यक्ति दिएको प्रति पनि ओलीले आलोचना गर्नभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धि भनेको १५ वटा राँगा ल्याउनु मात्रै भएको बताएका छन्।सोमबार प्रतिनिधि सभामा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धि हासिल नभएको बताए।‘

साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो। अरु कुरा त प्रधानमन्त्रीज्यू, प्रमाणित गर्नुपर्छ। अरु कुन चाहिँ के प्रोजेक्ट छ?’ उनले प्रश्न गरे।

images