घरमा बाल श्रमिक भए वडा कार्यालयमा १५ दिनमा सूचीकृत गर्नू , नआएमा प्रचलित कानून बमोजिम कारबाही गरिने – काठमाडौँ महानगरपालिका

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा घर, होटल, सार्वजनिक यातायात र ग्यारेजमा बालबालिकालाई श्रमिकको रुपमा प्रयोग नगर्न नपाइने भएको छ । महानगरभित्र १४  र १८ वर्ष मुनिका किशोरकिशोरीलाई श्रममा लगाएको भए १५ दिनमा सामाजिक विकास विभागमा सूचना दिनुपर्ने महानगरले बताएको छ ।

Child Labour : A threat to the Nation's progress » IILS Blog

महानगरले जारी गरेको सूचनामा लेखिएको छ,’ यदि कानून विपरीत रहने गरी कसैले होटल, ग्यारेज र सवारीसाधन कारखानामा बालबालिकामा श्रममा संलग्न गराएको पाइएमा कानून बमोजिम कारबाही गरिनेछ ।‘

How businesses can avoid buying into child labour – The New Economy

कसैले घरमा बालबालिकालाई श्रमिकको रुपमा राखिएको भए वडा कार्यालय वा महानगरको ‘केटीएम एप’ मा नियमानुसार १५ दिन भित्रमा सूचीकृत गर्नुपर्नेछ । १५ दिनमा अस्थायी संरक्षणकर्ताको रुपमा सूचीकृत हुन नआएमा बालश्रम राखेको भनी प्रचलित कानून बमोजिम कारबाही गरिने महानगरले जनाएको छ ।

बालश्रम नियमित तथा निषेध गर्ने ऐन २०५६ को दफा ५ बमोजिम १४ वर्ष मुनिका र १८ वर्ष तलका बालबालिकाहरूलाई कुनै पनि प्रकारको बालश्रममा लगाउन पाइदैन ।

images