अर्थमन्त्री प्रकाशशरण महत भन्छन : ‘रामकृष्ण श्रेष्ठजीसँग मेरो व्यक्तिगत चिनाजानी थिएन, म आउनुभन्दा अगाडि नियुक्त भइसक्नुभएको थियो’

काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले बजेटमा करको दर हेरफेरमा भन्सार विभागको पूर्व नायव सुब्बाको अनधिकृतसँग आफ्नो कुनै व्यक्तिगत चिनजान नभएको र आफू आउनुभन्दा अगाडि नै नियुक्त भएको प्रष्ट पारेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भन्दै प्रतिपक्षी दलले प्रश्न उठाएपछि अर्थमन्त्री महतले यस्तो जवाफ दिएका हुन् ।

‘टाइप गर्नुपर्यो व्यवस्थित गर्नुपर्यो, इन्ट्री गर्नुपर्यो । यो सब गर्न सहयोगी चाहिन्छ,’ उनले भने, ‘त्यही सहयोगी लिने क्रममा म आउनुभन्दा अगाडि नै रामकृष्ण श्रेष्ठजीले  नियुक्त प्राप्त गरिसक्नुभएको थियो । उहाँले ३० औँ वर्षदेखि यही काम गर्दै आउनुभएको छ । यो कामका लागि उहाँ दक्ष मानिनुहुन्छ । अनुभवी दक्ष इमानदार भनेर चिनिएको व्यक्तित्व हुनुहुन्छ । व्यक्तिगत रुपमा मेरो कुनै चिनजानी पनि थिएन ।’

ती कर्मचारीले पदाधिकारीको आदेशमा अह्राएको काम मात्रै गरेको उनले बताए । ‘उहाँको काम भनेको आधिकारिक व्यक्तिले आधिकारिक रूपमा निर्णय भएको करका दरदेखि लिएर संशोधन आदि इत्यादि जे छ,’ उनले भने, ‘त्यसलाई त्यो निर्णय प्रक्रियामा बसेका पदाधिकारीको आदेशमा यो यसरी तपाईँले यसरी भर्नुहोस् भनेर गर्ने कामको लागि वर्षौँदेखि गर्दै हुनुहुन्छ ।’

1

कर्मचारीका रूपमा सक्रिय भूमिका निभाएको तर निर्णय प्रक्रियामा संलग्न नभएको उनले बताए । बजेट बनाउने शिलशिलामा विचौलियालाई छेउछाउमा पनि आउन नदिएको समेत उनले स्पष्ट पारे ।इकागजले उल्लेख गरेको छ।

images

 

अन्य समाचारहरु