अखिल नेपाल युवक संघ अर्घाखाँचीको अध्यक्षमा रेसम वि.क.निर्वाचित

-गोपालप्रसाद भट्टराई

अर्घाखाँची । अखिल नेपाल युवक संघ अर्घाखाँचीको अध्यक्षमा रेसम वि.क.असुरकोट निर्वाचित हुनुभएको छ । राष्ट्रिय जनमोर्चा निकट युवकसंघको सन्धिखर्कमा सम्पन्न जिल्ला भेलाले अध्यक्ष वि.क.को नेतृत्वमा २७ सदस्यिय जिल्ला समितिको गठन गरेको हो ।
May be an image of 14 people and people smiling
नवगठित समितिको उपाध्यक्षमा शुरेस आचार्य नुवाकोट, सचीवमा पुरन नेपाली ढाकावाङ्ग, सह–सचीवमा जागृत के.सी.धारापानी र कोषाध्यक्षमा भुपाल वि.सी. नरपानी निर्वाचित हुनुभएको निर्वतमान जिल्ला अध्यक्ष कुलराज खनालले जानकारी दिनुभएको छ ।
May be an image of 3 people, temple and text
अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष कृष्णराज पाण्डेले उद्घाटन गर्नुभएको जिल्ला भेलाले रिता बन्जाडे सन्धिखर्क र झविन्द्र चुँदाली धारापानीलाई सचिवालयमा चयन गरेको छ । भेलालाई सम्बोधन गर्दै अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष कृष्णराज पाण्डेले नेपालमा युवालाई भाडाको खेताला बनाइएको आरोप लगाउनुभएको छ ।
May be an image of 10 people, hospital, temple and text
बेरोजगार उत्पादन गर्ने शिक्षा,विदेश पलायन बनाउने राज्यको निति र राजनितिमा भ¥याङ्ग बनाएर युवाशक्तिको दुरुपयोग गर्ने प्रवृति रहेको उहाँको जिकिर छ ।
May be an image of 15 people and text
राजनीतिलाई समाजसेवा भन्दा पनि कमाई गर्ने साधन बनाउँदा देश संकटमा परेकोले यसको भण्डाफोर गर्न युवाहरु एक जुट हुन उहाँले आम युवाहरुलाई अपिल गर्नुभएको छ । सत्तासंग राष्ट्रियता साट्ने राजनीतिक प्रवृतिका बिरुद्ध सम्झौताहिन संघर्ष गर्नु अहिलेको आवस्यकता भएको अध्यक्ष पाण्डेको भनाई छ ।
May be an image of 14 people and people smiling
अध्यक्ष पाण्डेले देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाधिनता र गणतन्त्रको रक्षाका लागि युवाहरुले राजनीति बुझ्नु पर्ने बताउनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि.सी., सागर के.सी.,जिल्ला अध्यक्ष थम्मन के.सी.,नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल,राजमो जिल्ला कोषाध्यक्ष गोविन्द वि.सी.,अखिल छैठौका केन्द्रिय अध्यक्ष देवेन्द्र कुवर,अनेम संघ महासचिव सकुन्तला राना,प्रगतिशील पत्रकार संघका केन्द्रिय सचीव गोपालप्रसाद भट्टराई,अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सचिव उषा पुन लगायतले भेलामा सम्बोधन गर्नुभएको थियोे ।
1
जिल्लाका ६ वटै पालिकाबाट प्रतिनिधिहरुको सहभागीतामा सम्पन्न भेलाले कुलराज खनाल संयोजक रहेको ७ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको बताइएको छ ।

spot_imgimages

अन्य समाचारहरु