विद्यालय कर्मचारीको एक हप्ते आन्दोलन समापन, सरकारले अटेरी गरे २ गतेदेखि विद्यालय बन्द गर्ने घोषणा ।

-अर्घाखाची डट्कम सम्बाददाता ।

नेपाल शिक्षक महासंघ अर्घाखाँची तथा शिक्षकका अन्य घटक संस्थाहरू विद्यालय कर्मचारीहरूका जायज माग पुरा गर्न सरकारलाई आग्रह गरेका छन् ।

शिक्षा विकास तथा समन्वयन इकाई अर्घाखाँचीको प्राङ्गणमा आन्दोलनको कार्यक्रम समापन गरिएको हो । उनीहरुले विगत एक हप्तादेखि सोही कार्यालयमा धर्ना तथा प्रदर्शन गर्दै आएका थिए ।

1

समापन कार्यक्रममा नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य प्रमोद गौतम, नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रीय सदस्य ईटन भुसाल , परिषद्का लुम्बिनी प्रदेश अर्थसचिव नबराज गैरे, परिषद अर्घाखाँची जिल्ला अध्यक्ष रुद्र भट्टराई ,सचिव नमराज पोख्रेल लयायतका परिषदका सदस्यहरु सहभागी थिए ।

यसैबीच सरकारले आन्दोलनरत पक्षलाई वार्तामा नबोलाए असार २ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्ने कर्मचारी परिषदका लुम्बिनी प्रदेश अर्थसचिव नबराज गैरेले बताउनुभएको छ ।

1

आगामी आर्थिक वर्षको बार्षिक नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा विद्यालय कर्मचारीका सेवा सुविधा उल्लेख भएपनि बजेट भाषणमा काँही उल्लेख नभएको भन्दै तीन साता लामो आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । श्रम ऐन अनुसार तलब माग गर्दै उनीहरूले विगत ३३ वर्षदेखि आन्दोलन गर्दै आएका छन् ।

images

पटकपटक आन्दोलन र सहमति तथा सम्झौता भएपनि सरकारले कार्यान्वयन नगरेको उनीहरूको भनाइ छ । देशभरमा विद्यालय कर्मचारीहरु ३५ हजार रहेका छन् । उनीहरुको आन्दोलनको कारण विद्यालयमा प्रसाशनिक काममा असर परिरहेको शिक्षकहरु बताउँछन् ।

spot_imgimages

images