महानगरभित्र हिन्दी फिल्म प्रदर्शन रोक्ने बालेनको चेतावनी

काठमाडौं : काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय बेटी’ हुन् भन्ने वाक्यांश नहटाए महानगरभित्र हिन्दी फिल्म प्रदर्शन गर्न नदिने बताएका छन् ।

बिहीबार फेसबुकमा स्टाटस लेख्दै उनले नेपालमा मात्र नभएर भारतमा पनि नसच्चिए फिल्मलाई महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका हुन् । उनले यो सच्याउन तीन दिनको समय दिएको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने  शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।’

1

उता नेपाल सेन्सर बोर्डले भने उक्त संवाद काटेर मात्र चलचित्र रिलिज गर्ने अनुमति दिएको बताएको छ । बिहीबार दिउँसो संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने बोर्डले निर्णय गरेको थियो ।

सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यका अनुसार  उक्त संवाद काटेर रिलिज अनुमति दिइएको छ । बुधबार साँझ चलचित्रको सेन्सर भएको थियो । आठ दिन अघि टी–सिरिजको आधिकारिक युट्युब च्यानलमा चलचित्रको अन्तिम ट्रेलर रिलिज गरिएको थियो । उ

क्त ट्रेलरमा रामको भूमिकामा रहेका प्रभासले आफ्नो वानर सेनालाई रावणसँगको युद्धका लागि प्रेरित गर्दै भनेका छन्, ‘आज मेरो लागि नलड्नु, त्यो दिनको लागि लड्नु जब भारतको कुनै छोरीमाथि हात हाल्नुभन्दा पहिले दुराचारी तिम्रो पौरुष याद गरेर काँप्नेछन् । लड्छौं ?’

1

यो संवादलाई लिएर सामाजिक सञ्जालमा अहिले  व्यापक विरोध हुँदै आएको छ ।

1