अर्घाखाँची ; काङ्ग्रेसले आज जिल्लाका ६१ वार्डमा एकै पटक वार्ड सम्मेलन सम्पन्न गर्यो

1

 केशबराज ज्ञवाली

नेपाली काङ्ग्रेस अर्घाखाँचीले जिल्लाका ६१ वटै वार्डमा आज असार ९ गते एकै पटक वार्ड समेलन गरेको छ । नेपाली काङ्रेसको बिधान २०१७ को नवौ संशोधनमा ब्यबस्था भए अनुरुप प्रदेश, जिल्ला, पालिका तथा वार्ड सम्मेलनहरु गर्ने निर्णय काङ्ग्रेस अर्घाखाँचीको जेष्ठ ३२ गते बसेको बैठकले गरेको थियो ।No description available.

सोही निर्णय अनुरुप काङ्ग्रेस अर्घाखाँचीले अनुरोध सुचना जारी गर्दै वार्ड सम्मेलनमा सहभागी हुन सम्पुर्ण तहका पार्टि पदाधिकारी , क्रियाशिल सदस्य , साधारण सदस्य , शुभेच्छुक र शुभचिन्तक सबैलाइ वार्ड सम्मेलनमा उपस्थित हुन अनुरोध पनि गरेको थियो ।No description available.


कांग्रेसको संगठन सुध्रिढिकरण , पार्टी रुपान्तरण सहितको नारा बोकेर काङ्रेस अर्घाखाँचीले यो वार्ड सम्मेलन पछि अब पालिका , प्रदेश क्षेत्रीय , र जिल्ला सम्मेलन गर्ने तयारी गरिरहेको बताइएको छ । काङ्ग्रेस अर्घाखाँचीले वार्ड सम्मेलनहरु भब्य र सभ्य रुपमा सम्पन्न गर्न ६१ वटै वार्डमा जिल्ला प्रतिनिधि खटाइ उनिहरुको उपस्थितिमा सम्मेलन गराएको हो ।
वार्ड सम्मेलनमा पार्टिको बर्तमान अवस्था, पार्टी प्रती जनताको नैराश्यता , अब संगठनलाई चुस्त दुरुस्त र जनमुखी कसरी बनाउने भन्ने बिशयमा व्यापक छलफलहरु भएको बताइएको छ । कतिपय वार्ड हरुमा भने पार्टी प्रती विशेष योगदान पुर्याउनुहुने लाई बिशेष सम्मान पनि गरिएको कांग्रेस अर्घाखाँचीले जनाएको छ ।No description available. No description available. No description available. No description available. No description available.

अन्य समाचारहरु