घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीद्वारा बजार अनुगमन ।

1

अर्घाखाँची डटकम
घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीले अनुगमन लाई निरन्तरता दिएको छ चालु आ.ब.२०७९/०८० को स्विकृत बाषिक कार्यक्रम अनुसार बजार अनुगमन तथा निरीक्षण गरिएको थियो ।

May be an image of 7 people, temple and text

बिहिवार सन्धिखर्क नगरपालिका वडा न .१ को गुन्टी खोला बजारमा गरिएको अनुगमनको क्रममा ब्याबसाय दर्ता नबिकरण,मुल्यसुची , नापतौल ,समान खरिद बिक्रि बिल,खाध्य अनुमति पत्र ,म्याद गुज्रिएको वा नगुज्रीएको खाध्य सामग्री ,पहिला अनुगमनको क्रममा दिएको निर्देशन पालना भए नभएको , लगानीको आधारमा पुजी वृद्धि , पसलमा साइनबोर्ड लगायतका बिषयमा अनुगमन तथा निरीक्षण गरिएको थियो ।

May be an image of 5 people and lumberyard 1

अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य , घरेलु तथा साना कार्यालय अर्घाखाँचीका प्रमुख उधोग अधिकृत सन्तोष खनाल , चेम्बर अफकमर्शका जिल्ला अध्यक्ष अशोक श्रेष्ठ ,अर्घाखाँची उधोग बाणिज्य संघका उपाध्यक्ष रुद्र प्रसाद श्रेष्ठ ,जिल्ला प्रहरी कार्यालयका प्र.स.नि. शेर बहादुर थापा ,घरेलु कार्यालयका ,उ.बि.स.अरुण कुमार सिंह का.स. हरि प्रसाद खनाल तथा पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको उपस्थित रहेको थियो ।

May be an image of 5 people and text May be an image of 4 people ad

अन्य समाचारहरु