तिम्रो प्रस्न मेरो जवाफ !

 1

-कमला ज्ञवाली (पुजा)

तिम्रो प्रस्न मेरो जवाफ !
*तिमिले कहिले प्रेम गरेकी छौ ?
अझै गर्छु ! म नम्र भएर बोले

“अनि उसले ?
*मैले गरे भन्दैमा उसले पनि गर्न जरुरी हुन्छ र?

“एकतर्फी पनि माया हुन्छ र “?
*दुई तर्फी त स्वार्थ पनि हुन्छ नि !

” भनेपछी तिमीलाई पनि प्रेमले सताएको रहेछ ! मलाई जस्तै
*होइन ! मलाई प्रेमले सपारेको छ, जिउन सिकाएको छ !

” तिमिले सन्सार लाई बुझेकी छैनौ “
* मैले मलाई बुझेकी छु !

” पागल छ्यौ “!
*सायद त्यसैले होला आफ्नै मनको सुन्छु !

” पीडा हुदैन ?”
* पीडा हुन्थ्यो होला यदि तिमिले जस्तै अरु लाई प्रेम गरेको भए सुन साथी मैले त मलाई प्रेम गर्न सिकेकी छु !