आज आषाढ २९ अर्थात २१०औं भानुजयन्तीको उपलक्ष्यमा आदिकवि प्रती उच्च सम्मान सहित मीठो संझना “कविता”

1

Open photo  -काशीराम घिमिरे

                  “कविता”

रम्घा गाउँमा जन्मिएका हाम्रा कविको ,
२९आषाढ मा संझना छ आदिकविको।
ससक्त कविता उनले लेखेछ्न राम्रा,
सबैमाझ परिचित आदिकवि हाम्रा।

पाण्डुलिपि, बधुशिक्षा, भक्तमाला ,प्रश्नोउत्तर,
अनेक कृति प्रख्यातछ्न उनका जनस्तर।
सँस्कृतको रामायणलाई नेपालिमा लेख्ने कवि,
यो देशमा सधैं रहेको छ सफा उनको छवि ।

अनेक रसका रचना छ्न उनका लेखिएका ,
चर्चित पर्यो घाँसी अन्यछ्न धेरै देखिएका।
आज उनका रचना पढी संझने दिन बनाऔं ,
सबैमिली २१०औ भानुजयन्ती मनाऔ ।

 

ad