पाणिनी : ६ न वडा कार्यालय धातिवाङ्गद्वारा शताब्दी पुरूष सम्मान

-मेहर सिंह केसी,अर्घाखाची डट्कम ।

1

पाणिनि- अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका-६, धातिवाङ्गकै ज्येष्ठ व्यक्तित्व छविलाल पाैडेल १०० वर्षमा प्रवेश गरेकाे सुखद क्षणमा वडा कार्यालय धातिवाङ्गद्वारा शताब्दी नागरिक रूपमा उहाँलाई निवासमा गई सम्मान गरेकाे छ ।

No description available.

धातिवाङ्गकै ज्येष्ठ नागरिक छविलाल पाैडेलले समाजप्रति पुर्‍याउनभएको याेगदानकाे उच्च सम्मान गर्दै सु-स्वास्थ्य, दीर्घायुकाे कामना सहित शताब्दी जन्माेत्सवकाे शुभकामना व्यक्त गरेकाे वडा कार्यालयले जनाएको छ ।

No description available.

शुभकामना तथा सम्मान कार्यक्रममा वडा अध्यक्ष कृष्णप्रसाद पाैडेल सहित वडा सदस्य, वडा सचिव, स्वास्थ्य चाैकी प्रमुख, स्थानीय बासिन्दाकाे उपस्थिति रहेकाे थियाे । उहाँले समाज रूपान्तरणमा देखाएकाे बाटाे अनुसरण गर्दै दिर्घ जिवनकाे शुभकामना वडा कार्यालयले व्यक्त गरेकाे छ।

 

ad

अन्य समाचारहरु